Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २३ | मध्यान्ह ०२:०४ बजे

पर्वत । सोमबार बिहान पर्वतको जलजला गाउँपालिका–७ मा एक्कासि अत्यधिक मात्रामा बिजुली वितरण भई विद्युत् ‘सर्ट’ हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

करेन्ट लागेर स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएकोमा उनीहरुलाई उपचारका लागि म्याग्दीस्थीत बेनी अस्पताल लगिएको पर्वत प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

arkhala ads

उनका अनुसार धाइरिङको धारापानीमा बिहान करिब ७ बजे एकैपटक उक्त घटना भएको हो । प्रहरीका अनुसार विद्युत्‌को मुख्य लाइन र घरघरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको हो ।

घटनामा परी एक बाख्रा फर्ममा रहेका दर्जनबढी बाख्रा मरेको घटना प्रहरीले बताएको छ । विद्युत् लाइनको भोल्टेज नियन्त्रणभन्दा बाहिर जाँदा बस्तीका करिब दुई सय घरमा एकै साथ आगो सल्किएको गाउँपालिका अध्यक्ष एवं स्थानीय राजु आचार्यले बताए ।

स्थानीयको सक्रियताका कारण घरहरुमा भने कुनै भौतिक क्षति हुन पाएन । ती घरका मिटरबक्स र सबै वायरिङ जलेको स्थानीय राज आचार्यले बताए । उनका अनुसार गाउँका अन्य पशुचौपायासमेत मरेको भएपनि एकिन विवरण आइसकेको छैन । नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रले घटनाको पुष्टि गरेको छ । केन्द्र प्रमुख शिवनाराण गोशलीले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइएका कारण यो घटना घटेको प्रारम्भिक जानकारी आएको बताए ।

‘अहिले हामीले त्यहाँ प्राविधिक पठाइसकेका छौं,’ उनले भने, ‘वास्तविकता के हो जानकारी आएपछि भनौंला ।’ प्राधिकरणको कमजोरी भए कार्यविधि अनुसार प्राधिकरणले क्षतिपूर्ति दिने उनले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved