Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको वर्गीकरण स्तरोन्नतिका लागि गृहकार्य सुरू

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २३ | मध्यान्ह ०२:०४ बजे

भरतपुर । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको वर्गीकरण स्तरोन्नतिका लागि गृहकार्य सुरू गरेको छ ।

महानगरमा दुई दर्जनभन्दा बढी विद्यालयले स्तरोन्नतिको मागदाबी गरेपछि भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले तल्लो वर्गीकरणमा परेका संस्थागत विद्यालयले स्तरोन्नतिको माग गरेपछि आइतबारबाट गृहकार्य सुरू गरेको हो ।

arkhala ads

भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले भने, ‘विद्यालय स्तरोन्नति गर्न त उसको भौतिक पूर्वाधारदेखि सेवासुविधासम्म सबै जोडिन्छ, स्तरोन्नतिका लागि शिक्षा मन्त्रालयले तोकेका सबै मापदण्डहरु पूरा गर्नुपर्छ । त्यो पूरा छ कि छैन भनेर अनुगमन गरेका छौँ ।’ उनका अनुसार विद्यालयको वर्गीकरणअनुसार नै शुल्क वृद्धि जोडिएर आउँछ । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले आइतबार ३ वटा विद्यालयको अनुगमन गरेको छ ।

महाशाखा प्रमुख पौडेलले भने, ‘स्तरोन्नतिको माग गर्दै आएका कल्याणपुरको स्मल हेभन, वाल्मीकि शिक्षा सदन र अंकुरम एकेडेमीको आइतबार अनुगमन गरेका छौँ ।’ यी तीन विद्यालय हालको वर्गीकरणअनुसार ‘ख’ वर्गमा परेका छन् । यी विद्यालयले ‘क’ वर्गमा पर्नका लागि मागदाबी गरेका छन् । प्रमुख पौडेलले ‘क’ वर्गमा पर्न चाहने विद्यालयहरुले विभिन्न २० भन्दा बढी सूचीहरु पूरा गरेको कागजात पेश भएका छन् । उनले भने, ‘कागज मात्र हेरेर भएन, विद्यालय अनुगमन गरेर शिक्षकको सेवासुविधादेखि सम्पूर्ण भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरसम्म निगरानी गरेका छौँ ।’

विभिन्न चरणको छलफल गरेर मात्र विद्यालयको वर्गीकरणमा स्तरोन्नति गरिने भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । चितवनमा घ, ग, ख वर्गका संस्थागत विद्यालय मात्र छन् । भरतपुरमा हाल ‘ग’ श्रेणीका विद्यालयहरुले नर्सरीको एक हजार ४२५ र कक्षा १० को दुई हजार ६४० रूपैयाँ मासिक शुल्क लिएका छन् । त्यसैगरी ‘ख’ श्रेणीका विद्यालयहरुले यही शुल्कमा २५ प्रतिशत बढाएका छन् । ‘ख’ श्रेणीका विद्यालयहरुले लिएको शुल्कमा ‘क’ वर्गका विद्यालयहरुले अझ २५ प्रतिशत बढाएर शुल्क लिन पाउँछन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved