Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

उक्सिएन मेचे र सन्थालको जीवनस्तर

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २४ | बिहान ०७:०४ बजे

झापा । मेचे जाति पूर्वी तराईको झापा जिल्लाका आदिवासीमध्ये एक हुन्। परापूर्वकालमा मेची नदी र कनकाई नदीका बीचमा बस्ने भएकाले उनीहरूलाई मेचे भनिएको हो। बोडो जातिको नामले परिचित उनीहरू झापाको भद्रपुर, कप्तानबारी, आयाबारी, जलथल, शनिश्चरे, धुलाबारी, अनारमनि, बेलडाँगी, धाइजन जस्ता क्षेत्रमा बसोबास गर्छन्।

२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार नेपालमा ४ हजार ८ सय ६७ मध्ये झापामा मात्रै ४ हजार ७६ जना रहेको हल्दिबारी गाउँपालिका–४ निवासी मेचे समुदायका अग्रज सन्तलाल मेचेले जानकारी दिए।

arkhala ads

जिल्लाको १५ वटा स्थानीय तहमध्ये हल्दिबारी र मेचीनगरमा सबैभन्दा बढी मेचे जातिको बसोबास रहेको उनले बताए। सरकारले मेचेसहित १० वटा जातिलाई लोपोन्मुख जाति भनेर घोषणा गरेको छ। ‘सरकारले ती जातिलाई लोपोन्मुख सामाजिक सुरक्षा भत्ताबापत प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ,’ उनले भने, ‘हाम्रो समुदायमा जन्मिनेबित्तिकै राज्यले दिने सेवा सुविधा पाउँछन्।’ मेचे भाषा तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हल्दिबारी गाउँपालिकाले मेचे भाषामा छुट्टै पठनपाठन सुरु गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए।

सन्थाल जाति नेपालसहित भारत, बंगलादेश र भुटानमा बसोबास गर्ने आदिवासी जनजातिमा पर्छन्। उनीहरू निकै सरल, मिलनसार र मेहनति हुन्छन्। आफ्नो परिश्रमबाट नै जीवन गुजारा गर्नुपर्छ भन्ने सन्थालहरू चोरी र बेइमानीलाई पाप सम्झन्छन्। खास गरी पूर्वी तराईका झापा र मोरङका आदिवासी सन्थालहरूको घरको बनोटबाट नै सन्थाल गाउँ भन्ने छुटिन्छ।

भूमिपतिबाट भूमिहीन बनेका सन्थाल समुदायमा शिक्षित निकै कम छन्। मुलुकमा आमूल परिवर्तन भए पनि सन्थाल समुदायको जीवनशैलीमा खासै परिवर्तन आएको छैन। अधिकांश मजदुरी गरेर गुजारा गर्न बाध्य छन्। अन्नपूर्ण पोष्टबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved