Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २४ | बिहान ०८:०४ बजे

बाँके । कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई युवा जनस्वयंसेवक नेपालले कालोमोसो दलेको छ।

युवा जनस्वयंसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको घटनाको जिम्मेवारी लिएको छ । सोमबार जारी गरिएको उक्त विज्ञप्तिमा कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही समय यता उपभोक्ताहरूबाट त्यहाँ भइरहेको अनियमितता बारे खबरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्लले उपभोक्तालाई धम्की दिने गरेको साथै संस्थामा थुप्रै खाले अनिमियतता भएकाले चेतावनी स्वरूप हाम्रो संगठनले कालो मोसो दली सांकेतिक कारबाही गरेको जनाएको छ।

arkhala ads

साथै उक्त संगठनले गत वर्ष नै साधारण सभा गरी नयाँ कार्यसमिति चयन गरी संस्थाको नियमित कार्य सञ्चालन गर्नुपर्नेमा पुरानै समितिलाई निरन्तरता दिई संस्थाको विधान विपरीत अवैधानिक ढंगले कार्य समिति चलाएको, नगरका विभिन्न ठाउँहरूमा खानेपानी पाइपहरू बिछ्याउँदा तथा मर्मत सम्भार गर्दा व्यापक रूपमा आर्थिक अनियमितता रहेको जनगुनासो आएकाले कारबाही गरिएको उल्लेख गरेको छ । सोमबार दिउँसोको समयमा दिउसो कार्यालय समयमा आएका ४ जनाको समूहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए।

खानेपानीका विषयमा अध्यक्ष संग कुरा गर्नु छ, भन्दै कार्यालयमा आएको समूहले सुरुमा कोहलपुर १० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछि कालोमोसो दलेर फरार भएको उनले बताए । कालोमोसो दल्ने समूहको खोजी भई रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दिउसो २ बजे एक समूहले कालो मोसो दलेको सूचना पाए लगतै घटनाको अनुसन्धान सुरु गरिएको र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved