कावासोति । अविरल वर्षाको कारणले पुर्वी नवलपरासीको कालिगण्डकी करिडोर अन्तर्गत गैंडाकोट – थामबेसी सडक खण्डको तरङ्गखोलामा गएको पहिरोले बीस दिनदेखि अबरुद्ध छन ।



नवलपुरको गैडाकोट नगरपालिका – १८ र बुलिङटार गाउँपालिका – १ को सिमानामा पर्ने तरङ्गखोलामा गएको पहिरोले बाटो अबरुद्ध भएको हो ।


स्थानीय निकाय र सरोकारवालाले समयमा सडक मर्मत नगर्दा बुलिङटार गाउँपालिका – १ र २ वडाका स्थानीयहरु सदरमुकाम आवतजावतमा पुर्ण रुपमा बन्द भएका छन । त्यहाँका स्थानीयहरु जिल्ला सदरमुकाममा विशेष काममा आउन परे बुलिङ्टार, अर्खला, दलदले हुँदै जिल्ला सदरमुकाम कावासोती पुग्न पर्ने अबस्था छ ।
सडक अबरुद्ध भएको महिनौं दिन पुग्न लाग्दा पनि सडक समयमा मर्मत नहुदाँ दैनिक उपभोग गर्ने सामान ल्याउने, बिरामीलाई सहजरुपमा ठुला अस्पताल पुर्याउने र सदरमुकाम कावासोतीको काममा जान परे धेरै सास्ती खेपेर जान पर्ने बाध्यता रहेको स्थानीय शिक्षक लोक प्रसाद रामदामले बताउनु भयो ।
समयमा सडक मर्मत गर्न सरोकारवाला र पालिकालाई अनुरोध गर्दासमेत बेवास्त गरेको स्थानीयहरुले आरोप लगाएका छन ।








