Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अल्मुताइरीकाे चेतावनी– धम्की सहन्न, आवश्यक परे फिफा र एएफसी जान्छु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २५ | बिहान ०९:०४ बजे

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का ‘केही व्यक्तिबाट जानाजानी आफ्नो छवि धमिलो बनाउन झुटो अफवाह फौलाइएको बताएका छन् । उनले आफू त्यस्तो धम्की नसहने र आवश्यक परे फिफा वा एएफसीमा जाने बताएका छन् । एन्फा महासचिव किरण राईले साउन २० गते बाह्रखरीसँग कुरा गर्दै अल्मुताइरीको विकल्प खोज्नका लागि कतार फुटबल संघ र अल्मुताइरी स्वयमंलाई पत्र काटेको बताएका थिए ।

तर, अल्मुताइरीले साउन २४ गते साँझमात्र अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट प्रश्नसहित पत्र प्राप्त भएको बताएका छन् । त्यसअघि अल्मुताइरीले साउन २३ गते एन्फा महासचिवलाई नेपालको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबारेमा पत्र लेखेको बताएका छन् । त्यतिबेला आफूलाई एन्फाबाट कुनै पत्र नआएको बताएका छन् ।

arkhala ads

‘‘आज साँझसम्म मलाई एन्फाबाट कुनै पत्र प्राप्त नभएको स्पष्ट पार्न चाहन्छु । त्यसैले एन्फालाई कुनै पनि प्रश्नको जवाफ दिन असम्भव थियो । तर, नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको थियो । त्यसकारण, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरूको बारेमा महासचिवलाई पत्र लेखेँ,’ साउन २४ गते राति लेखेका छन्, ‘‘धेरै न्यूज पोर्टलमा भ्रामक समाचारहरू देखेपछि मैले नेपाली समय अनुसार साँझ ५ः३० बजे एन्फाका महासचिवलाई आफूले कुनै पत्र नपाएको भनेर इमेल लेखें र माफी मागेँ । त्यसको केही मिनेट पछि मैले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट प्रश्नहरूको पत्रसहित माफी मागेको इमेल प्राप्त गरेँ ।’’

यसअघि एन्फाले अल्मुताइरीले स्पष्टीकरण सोधिएको प्रश्नको जवाफ नदिई राष्ट्रिय टिमको खेलाडी बारेमा मात्र पत्र पठाएको जनाएको थियो । त्यही सम्बन्धी समाचारप्रति अल्मुताइरीले आपत्ती जनाएका हुन् । ‘‘विभिन्न नेपाली सञ्चारमाध्यमले मेरो बारेमा गलत सूचना प्रवाह गरिरहेकोमा मेरो ध्यानाकर्षण भएको छ,’’ अल्मुताइरीले भनेका छन्, ‘‘एन्फाका केही स्रोतले मेरो छवि धमिलो पार्न झुटो समाचार फैलाएको जस्तो देखिन्छ । म यस्तो धम्की सहने छैन र आवश्यक परेमा फिफा वा एएफसीको कुनै पनि उच्च अधिकारीसमक्ष जान तयार छु ।’’

अल्मुताइरीले नेपालमा प्रशिक्षणलाई निरन्तरता दृढ इच्छा व्यक्ति गर्दै लेखेका छन्, ‘‘एन्फाको स्रोतलाई उद्धृत गर्दै महासचिवले पठाएको प्रश्नको जवाफ नदिएर आफूले चाहेको कुरा पठाएको समाचार पढेको छु । म यस्तो निराधार रिपोर्टिङको घोर भर्सना गर्दछु । नेपालको बलियो राष्ट्रिय टोली निर्माण गर्न मैले सधैँ आफ्नो पूर्ण प्रयास गरेको छु र मेरो सम्झौताको समय नसकिदाँसम्म निरन्तरता दिने दृढ इच्छा छ ।’’ अल्मुताइरीले एन्फाबाट मागिएको स्पष्टीकरणमा जवाफ कहिलेसम्म पठाउने भनेर समयसीमा नतोकिएको बताएका छन् । उनले आफ्नो वकिलसँग सल्लाह गरेरमात्र जवाफ पठाउने बताएका छन् ।

‘‘त्यसबाहेक, फिफाको खेलाडीको स्थिति र स्थानान्तरण २०२२ को नियमले प्रशिक्षकको रोजगारीका नियमसँग सम्बन्धित मामिलामा पनि सम्बन्ध राख्छ । जुन एन्फाले पनि पालना गर्नुपर्छ । मैले सुरुदेखि नै ‘टास्क फोर्स’ गठनको वैधानिकतामाथि प्रश्न उठाएको छु । यद्यपि, म राम्रो होस भनेर मौन रहेँ,’’ अल्मुताइरीले थपेका छन्, ‘‘मेरो वकिलको उचित सल्लाहपछि मात्र पत्र र त्यसका प्रश्नहरूको जवाफ दिनेछु ।’’

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved