Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सञ्चारकर्मी कुट्ने प्रहरीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २५ | मध्यान्ह ०८:०४ बजे

सिरहा, २५ श्रावण । सिरहाको कर्जन्हा नगरपालिका स्थित रहेको रेडियो गंगाजलको सञ्चारकर्मीहरुलाई समाचार संकलनको क्रममा प्रहरीद्वारा भएको कुटपिटको घटनालाई छानबीन गरी दोषी प्रहरीलाई कारबाही गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय सिरहामा सञ्चारकर्मीहरुले सामुहिक उजुरी दिएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय सिरहाको सदस्य सुरेन्द्र कुमार कामतीको अगुवाईमा पत्रकार महासंघ सदस्य सोनु मिश्रा, प्रेस सेन्टर नेपाल सिरहाका अध्यक्ष आशिष विश्वकर्मा, अपन दैनिक पत्रिका सिरहा प्रकाशक÷सम्पादक, शुभनारायण कामती, राष्ट्रिय दलित पत्रकार संघ सिरहा उपाध्यक्ष, सोनु महरा, एम स्टार टेलिभिजन, संवाददाता सते मण्डल, अपन दैनिक पत्रिका सिरहा संवाददाता रुन्केश कामती र सिरहा रेडियो प्रशारक संघ (आकोराब) अध्यक्ष रामभरोसी कामतीले घट्नाको छानविन र दोषी उपर कारवाहीको लागि सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई निवेदन बुझाएको हो ।

arkhala ads

निवेदनमा सिरहाको मिर्चैया नगरपालिकामा संचालित शौर्य सिमेन्ट उद्योगमा कार्यरत मजदुरले पेशागत माग सहित आन्दोलनमा रहेकोले रेडियो गंगाजलमा आबद्ध पत्रकारहरु चन्द्रदीप ठाकुर (समाचार वाचक) र अरबिन्द पासमान (संवाददाता) समाचार संकलनको प्रायोजनले पुगेको थियो । साउन २१ गते पत्रकारद्घय ठाकुर र पासमानले आन्दोलनरत पक्ष र उद्योग प्रशासनसँग कुराकानी गरी फर्किदै गर्दा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक सोनु साह नेतृत्वको प्रहरी टोलीले अभद्र व्यवहार गरी निर्घात कुटपिट गरेको हो । समाचार संकलन गर्न पुगेका पत्रकारद्घयमाथि प्रहरीबाट भएको अमानवीय व्यवहारको घटनालाई हामी घोर भत्सर्ना गर्दछौैं । पत्रकारमाथि भएको निर्घात कुटपिटको घटना स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप रहेको हाम्रो ठम्याई छ । यसर्थ घटनाको छानबीन गरी दोषी प्रहरीलाई कारबाही गर्न हामी जोडदार माग गर्दछौं । भनी उल्लेख गरिएको छ ।

निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी कवारीले यस घट्ना सम्बन्धमा मलाई चासो रहेको हुँदा आवश्यक छानविन गरिने र प्रहरी दोषी ठहरिने अवस्थामा आवश्यक कारवाही यथासिघ्र गरिने बताएका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved