Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

असल छिमेकी नेपालद्वारा पाल्हीनन्दन अस्पताललाई ७५ हजारको सामाग्री हस्तान्तरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण २५, बुधबार ०९:३० बजे प्रकाशित

सुरेश यादव
नवलपरासी, श्रावण २५ । असल छिमेकी नेपालले पाल्हीनन्दन अस्पताललाई ७५ हजार ५ सय रुपैया बराबरको विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा विपद क्षेत्रमा काम गर्दै आएको असल छिमेकी नेपालले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्हीनन्दन अस्पताललाई विभिन्न आवश्यक सामाग्रीहरु एक औपचारिक कार्यक्रम बिच हस्तान्तरण गरेको हो ।

संस्थाको एरिया ईन्चार्ज पुरन सोती मगरको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातनु अंसारीको प्रमुख आतिथ्यतामा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । संस्थाबाट अस्पताललाई प्राप्त सामाग्रीहरु कार्यक्रमकी प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष फातुमा खातनुले अस्पतालको निमित्त प्रमुख मेडिकल अधिकृत डाक्टर किरण गुप्तालाई हस्तान्तरण गर्दै यसको भरपुर सदुपयोग गर्न आग्रह गर्नु भयो ।

arkhala ads

अस्पताललाई हस्तान्तरण गरिएको सामाग्रीमा डस्टबिन १५ थान, पंखा १० थान, अफिस कुर्ची १ थान, टेबल १ थान गरि कुल ७६ हजार ५ सय रुपैयाको सामाग्री रहेको छ । संस्थाद्वारा जिल्लामा संचालित विपद प्रतिक्रिया तथा खाद्य सुरक्षाका लागि क्षमता अभिबृद्धि परियोजनामार्फत उक्त अस्पताललाई ति सामाग्रीहरु हस्तान्तरण गरिएको संस्थाको एरिया ईन्चार्ज तथा कार्यक्रम सहायक अधिकृत सोती मगरले जानकारी दिनु भयो । उहाँले आगामी दिनमा अस्पताललाई आवश्यक थप स्वास्थ्य सामाग्रीहरु प्रदान गर्ने र सो क्षेत्रमा पनि स्वास्थ्यप्रति आमजनताहरुलाई थप सचेत गराउने कार्यक्रममा संस्थाको महत्त्वपुर्ण भुमिका रहने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष फातुमा खातनु अंसारी, गाउँपालिका वडा ४ का अध्यक्ष रबिन्द्र सहानी लगायतले यस्तो सामाजिक कार्यको प्रशंसा गर्दै सामाजिक क्षेत्रमा काम गर्न विभिन्न संघसंस्थाहरुलाई हातेमालो गरेर अगाडी बढन आग्रह गरे ।

असल छिमेकी नेपालले जिल्लामा डिजास्टरको क्षेत्र काम गरिरहेको छ भने विगतका बर्षदेखि नै सरावल तथा पाल्हीनन्दन गाउँपालिकामा सामुदायिक शसक्तिकरण, जिविकोपार्जन र स्वास्थ क्षेत्रमा काम गर्दै आएको कार्यक्रम सहायक अधिकृत सोतीले जानकारी दिनु भयो । संस्थाले महिलाहरुको शसक्तिकरणका लागि यहि श्रावण २४ गते मंगलवार पनि सरावल ६ का महिलाहरुलाई बाख्रा पालन तालिम पनि प्रदान गरेको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
698900375_3872990559670014_4191656582435444602_n

बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:४६ बजे प्रकाशित
699530355_1448617683949651_4580128491349074537_n

+२ परीक्षा सकिएपछि विद्यार्थीका लागि “Post Exam...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:०६ बजे प्रकाशित
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved