सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको परासी भैरहवा सडक खण्ड परासीकाे वाईपास चाेकमा दुर्घटना हुदा तीन जना गम्भीर घाइते भएका छन ।



बागमती प्रदेश ०३-००१ क १८९ नम्बरको ट्रकले र लु १ ख ९५७७ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिदा ३ जनाकाे अवस्था गम्भीर रहेकाे छ भने ११ जनाकाे अवस्था सामान्य रहेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ ।


गम्भीर घाइते भएका ३ जनालाई पृथ्वी चन्द्र अस्पताल परासीबाट भैरहवा मेडिकल कलेजमा रिफर गरिएकाे छ भने ११ जनाकाे उपचार पृथ्वी चन्द्र अस्पताल परासीमा भइरहेको नवलपरासी प्रहरीले जनाएकाे छ ।










