Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भाद्र २ देखि १४ गतेसम्म कपिलवस्तुको चन्द्रौटामा तीज महोत्सव

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २८ | मध्यान्ह ०९:०४ बजे

अजय मिश्र
चन्द्रौटा, साउन २८ । कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा हिन्दू नारीहरूको महान पर्व हरि तालिका तिजको अवसरमा तिज महोत्सव २०७९ हुने सम्बन्धमा आज पत्रकार सम्मेलन गरिएको छ । छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको आयोजनामा तिज महोत्सव २०७९ हुन लागेको छ । सो महोत्सव यहि भाद्र २ गतेदेखि १४ गतेसम्म रहने आयोजकले जनाएको छ ।

तिज महोत्सव सम्बन्धमा आज भएको पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्ष तथा कार्यक्रम संयोजकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अतिथिमा शरद अधिकारी, दिपक खड्का, सनिउल्ला धोबी, सिताराम चौधरी, गीता पौडेल लगायत रहेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुका व्यवस्थापक सुमन पौडेलले राख्नुभयो l

arkhala ads

कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरणमान बज्राचार्यले तिज महोत्सवको शुभकामना सहित महोत्सवमा मौलिक तिजगीतहरूबाट रमाइलो गर्नुपर्ने महोत्सवको प्रचार प्रसारमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताउदै कार्यक्रम भव्य र शभ्य तरिकाले मनाउन सबैमा आग्रह गरे । छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको व्यवस्थापन तथा यो ठांउको पहिचान जोडेर तिज महोत्सवको तयारी तिब्र रूपमा अगाडि बढाइएको तिज महोत्सवलाई कला र संस्कृतिसँग जोडेर तिज पर्वको महत्व दर्साइने छ ।

महोत्सवमा स्थानीय, प्रदेश र केन्द्रीय स्तरका कलाकारको तिज विशेष प्रस्तुति रहने साथै शिव लिंग र माइती घर निर्माण गरि सेल्फी जोन बनाइने, टिकटको व्यवस्थापन तथा पार्किंग व्यवस्थापन रहने तिज महोत्सव २०७९ का संयोजक चिन्ता परियारले बताए । कार्यक्रममा बोल्दै अधिकांश वक्ताले तिज महोत्सव सफलताको कामनासहित तिज महोत्सव २०७९ कार्यक्रमले तिजको मौलिकता दर्साउने विश्वास व्यक्त गरे ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved