Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रहरीकै सहयोग र संरक्षणमा इनर्वा गाउँ हुदै, नुनदेखि सुनसम्मको तस्करी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ३० | मध्यान्ह ०८:०४ बजे

वीरगंज ३० श्रावण । मधेस प्रदेशको एक मात्र महानगर तथा मुलूककै आर्थिक नगरी बिरगंजको इनर्वा गाउँ हुदै नुनदेखि सुनसम्मको तस्करी तिब्र रूपले अगाडी बढेको छ । प्रहरीकै सहयोग र संरक्षण पाए पश्चात ठुला बडा तस्करहरू बिरगंजको इनर्वा हुदै नूनदेखि सुनसम्मको तस्करीलाई तिब्रता दिएको बुझिन्छ ।

अस्थायी प्रहरी पोस्ट इनर्वा गाउँका प्रमुख प्रहरी सहायक निरीक्षक बल बहादुर तामाङ गए देखि ठुला बडा तस्कर समुह उक्त नाकामा सलबलाउन थालेका छन । नूनदेखि सुनसम्मको तस्करी गर्न गराउनको निम्ति तस्कर समुहकै मुख्य नाइकेको इशारामा अस्थायी प्रहरी पोस्ट इनर्वामा प्रहरी सहायक निरीक्षक बल बहादुर तामाङलाई पठाइएको बारे ब्यापक चर्चाको बिषय बनेको छ । स्थानीय तहको निर्वाचन पश्चात तस्कर समुहकै इशारा र पावरको अधारमा प्रहरी सहायक निरीक्षक तामाङलाई अस्थायी प्रहरी पोस्ट इनर्वाको जिम्मा दिइएको बताइन्छ ।

arkhala ads

बिरगंज भन्सार अगाडीबाट कहिले काहि सशस्त्र प्रहरीले निगरानी बढाउन थालिएको कारण तस्कर समुहलाई समस्या हुने गरेकै कारण इनर्वा गाउँ हुदै तस्करीको लाइन खुल्ला गरिएको बुझिन्छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीका केहि कर्मचारीलाई मिलाई तस्करीका सामान अबैध तरिकाले नेपाल भित्र्याउने गरेको र शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीले संरक्षण गर्दै गोदामसम्म पुर्‍याउने गरेको कारण तस्करीको धन्दा मौलाउदै गएको बुझिन्छ ।

एक जना प्रहरी श्रोतका अनुसार इनर्वा गाउँ हालको समयमा तस्करहरूको अखडामा रूपान्तरण भएको बारे दुइमत नरहेको बताए । अस्थायी प्रहरी पोस्ट इनर्वा गाउँबाट माथिल्लो निकायसम्म रकम बुझाउने गरेकै कारण तस्करीको कार्य फस्टाएको बारे दुखेसो पोखे । उनले आफ्नो संगठनको बिरोध अथवा पक्षमा बोल्न नमिल्ने बताउदै आफ्नो नाम गोप्य राख्ने सर्तमा इनर्वा गाउँ हुदै ७ जनाको समुहलाई तस्करीको लाइन दिइएको बताए ।

उनका अनुसार इनर्वा हुदै अनिल, इमरान, मुन्ना, राजकुमार, सेखावत, मालती, दिपक लगायत ७ जनाको समुहलाई तस्करीको लाइन दिएको स्विकारे । ७ जना समुहले हालको समयमा कपडाको तस्करी गर्ने गरेको रहस्य समेत उजागर भएको छ । भारतबाट प्रति दिन करिब २ सय देखि २ सय ५० गेठिया कपडासम्म अबैध तरिकाले नेपाल भित्रिने गरेको बताइन्छ । अबैध तरिकाले भित्रिने कपडा ट्रान्सपोर्टको माध्यमले नेपालको बिभिन्न ठाउँहरूमा पुग्ने गरेको बताइन्छ ।

बिरगंज महानगर भित्र रहेको अधिकान्स ट्रान्सपोर्टबाट तस्करीको मालसमान सजिलै मुलूकको बिभिन्न ठाउँहरूमा पुग्ने गरेको यस तस्करी घटनाले प्रमाणितसमेत गरेको छ । प्रहरी संगठनकै निति निर्देशन अनुरूप तस्करीको लाइन खोलिएको एक उच्च अधिकारीले बताएका छन । स्थानीयदेखि प्रदेश प्रहरी लगायत प्रहरी प्रधान कार्यालयको समेत सेन्डिगेटका कारण तस्करी लाइन खोलिएको बारे संगठन भित्रै चर्चाको बिषय बनेको छ । तसर्थ: यस बिषयमा सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved