Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रदेश मन्त्रीद्वारा मर्चवार लिफ्ट सिँचाईको नहर अवलोकन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण ३१, मंगलवार ०६:२८ बजे प्रकाशित

हृदयराम गुप्ता
रुपन्देही, ३० साउन । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा जिर्ण अवस्थामा रहेको नहरको लुम्बिनी प्रदेशका मन्त्रीहरुद्वारा अवलोकन गरिएको छ । सोमबार लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिँचाई मन्त्री बीर बहादुर राना तथा शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अवलोकन गरेका हुन् ।

कोटहीमाई गाउँपालिका – ४ तुनिहवा देखि अमवासम्मको भारतीय क्यानेल पुनः संचालनमा ल्याउने उद्देश्यले नहरको अवस्थाबारे अवलोकन गरिएको सिँचाई मन्त्री रानाले बताए । धेरै वर्ष पहिला सियारीबाट मर्चवार क्षेत्रमा सिँचाईको लागि बनाइएको भारतीय क्यानलमा करीब २० वर्षदेखि पानी नआएको स्थानीयले बताएका छन् ।

arkhala ads

अनुगमन गर्दै सिँचाई मन्त्री रानाले मर्चवार खद्यान्नको क्षेत्रमा हिरा उत्पादन गर्ने क्षमता राखेको छ । यहाँ राम्रो सिँचाईको अभावले कृषि क्षेत्र धेरै प्रभावित भएको बताए । उनले भने ‘नहर छ तर पानी छैन यसलाई तत्काल मर्मत सम्भार गरी पानी ल्याउने छु ।’ “अहिले मौषम प्रतिकुल अवश्थामा छ, मनसुनमा पनि बर्षा भएन । सिंचाईको अभावमा खेतहरु सुकेका छन् ।” रानाले भने “यहि अवश्थालाई हेर्दै भविष्यमा यसमा के गरे अझै सुधार गर्न सकिन्छ, कृषिमा सिंचाईको अझै बढी पहुँच कसरी पु¥याउन सकिन्छ भनेर निकास निकाल्नु पनि यो अवलोकनको उद्देश्य हो ।”

यस्तै मर्चवार लिफ्ट सिँचाई अयोजनाबोट सिँचाईको लागि छोडिएको लोअर क्यानल सेमरा र बनगाईको नहर पनि अनुगमन गरिको छ । सुरुमा ५ हजार ९ सय हेक्टर भूमि सिंचाई गर्ने उद्देश्यसहित सुरु भएको यो प्रणालीबाट अहिले १ हजार ५ सय हेक्टर पनि सिंचित हुन नसकेको उनले मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाका सचिव जन्नथा प्रसाद कुर्मीले बताए । ठाउँ ठाउँमा पानीको चुहावट, बर्षौ पुरानो संरचना भएको कारण भत्केको स्थानमा मर्मत हुन नसक्नु लगायतको कारण अपेक्षित प्रगति हुन नसकेको कुर्मिले बताए ।

यस्तै संस्थाका अध्यक्ष नजिर मुसलमानले नहरलाई पक्की बनाउन सके यसबाट हुने चुहावट नियन्त्रण गरि तल सम्मै पानी पु¥यान सकिने बताए । यसको साथै भारत सरकारको सहयोगमा निर्माण भएको बयरघाटको नहरमा पानी पु¥याउन सके मर्चवारको करिब १० हजार हेक्टरलाई सिंचित गर्न सक्ने बताए । मर्चवार मात्र होइन जिल्ला नै धान्ने मर्चवारमा सिंचाइ प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको बताउदै उनले यसको लागी आफुले सक्दो प्रयास गरिरहेको जनाए ।

जल तथा सिंचाई डिभिजन कार्यालय, मन्त्रालयका सचिव, मर्चवार लिफ्ट सिंचाईका पदाधिकारी लगायतको संयुक्त टोलीले सिंचाई गर्ने नहर, पम्प एवम सम्पूर्ण प्रक्रियाको अवलोकन गरेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
698900375_3872990559670014_4191656582435444602_n

बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:४६ बजे प्रकाशित
699530355_1448617683949651_4580128491349074537_n

+२ परीक्षा सकिएपछि विद्यार्थीका लागि “Post Exam...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:०६ बजे प्रकाशित
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved