दमौली, भाद्र १ । तनहुँको व्यास नगरपालिकाले आजदेखि नागरिक सहायता कक्ष तथा टोल फ्री स्थापना गरेको छ । साउन २२ गते बसेको कार्यपालिका बैठकले आजदेखि नागरिक सहायता कक्ष तथा टोल फ्री सञ्चालन गर्ने निर्णय गरेको थियो ।



निर्णय कार्यान्वयन गर्दै आजदेखि नगरपालिकाले नागरिक सहायता कक्ष तथा टोल फ्री सञ्चालन गरिएको हो । नगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको नगरका प्रमुख बैकुण्ठ न्यौपानेको भनाइ छ ।


नगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं.१६६०६५५२००६ मा सम्पर्क गर्न सकिनेछ ।
नगरको सेवा, नगरका वडा, आयोजना तथा एकाईसँग सम्बन्धित सोधपुछ तथा गुनासा, नगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा नगरसँग भएका अपेक्षा सम्बन्धि गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।








