दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गोकुलेश्वरबाट खलंगातर्फ जाँदै गरेको से १ ज–५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो ।



उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमा मृत्यु भएको र अन्य ५/७ जना घाइते भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले जानकारी दिए । उनका अनुसार घाइतेहरुको स्थानीयबासी र प्रहरीले उद्धार गरी अस्पताल लगिएको छ ।


जिप सडकबाट करिब २५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।








