Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुन व्यापारीलाई ‘हनी ट्रयाप’मा पार्ने दाङबाट ५ जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ ३ | बिहान ०८:०५ बजे

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेका छन् । हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुष सहित ५ जनालाई पक्राउ गरेको छ । योजनामा संलग्न अरु २ जना फरार छन् ।

आरोपीहरुले ट्रयापमा पारेपछि ब्यापारीलाई घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेको दाङका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए ।

arkhala ads

सो कसुरमा संलग्न आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला नेपाली र रोल्पा घर भएका ४० वर्षीय दिलिप कुमार वलीलाई पक्राउ गरेको छ । साउन २७ मा पक्राउ गरेर उनिहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तो थियो घटना
दुई महिनाअघि दिलिप कुमार ओलीले नारायणपुर बजारमा बस्ने आफ्नो चिनजानका सुन चाँदी पसल सञ्चालकसँग धेरै पैसा भएको र सो पैसा कसरी तान्ने भनेर शान्ता नेपाली र पवित्रा डाँगीसँग बसेर योजना बनाए । दोस्रो चरणमा उनीहरुले बिमला डाँगीसँग त्यसबारे छलफल गरे ।

शान्ता नेपालीको घरमा छलफल गरेर उनीहरुले शान्ताको नन्द नाता पर्ने प्रमिला नेपाली ‘सर्मिला’लाई तिलहरी बेच्ने बहाना बनाएर सुन पसलमा गएर चिनजान गर्ने र नम्बर मागेर ल्याउने बारे छलफल गरेका थिए । शर्मिलाको घरबार बिग्रेको र पतिसँग पनि नराम्रो भएको हुनाले पैसा आउने आशामा शर्मिला त्यसमा राजी भइन् । त्यसपछि शर्मिला तिलहरी बेच्ने बहानामा सुन पसलमा गएर चिनजान गरिन्, नम्बर लिएर फर्किन् ।

नम्बर पाएपछि शर्मिलाले फोन गरेर ब्यापारीलाई प्रेम जाल फ्याँकिन् । प्रेमको कुरा हुन थाल्यो, बेला बेला होटलमा भेटेर खाजा खाने र गफ गर्ने सामान्य हुन थाल्यो ।

आरोपीहरु त्यसपछि पवित्रा डाँगीको घरमा जम्मा भएर शर्मिला र व्यापारी सँगै बसेको मौका पारेर रकम बार्गेनिङ गर्ने योजनामा पुगे । अनि, प्रमिला नेपालीलाई पवित्रा डाँगीको घरमा डेरा दिएर बस्ने व्यवस्था मिलाएर । पछिल्लो एक महिनादेखि शर्मिला नेपाली पवित्राको घरमा डेरा लिएर बस्न थालिन् ।

पवित्राले योजना सफल बनाउन मान्छे थोरै भएको भनेर अजय बुढाथोकी र लोकेन्द्र मगरलाई पनि टिममा समेटिन् । साउन २४ मा सवैजना बसेर शर्मिलाको कोठामा ब्यापारीलाई बोलाउने सल्लाह गरे । कोठामा आएपछि प्रमिला नेपालीले शान्तालाई कोठामा आएको कुरा जानकारी दिन फोन र म्यासेज गर्ने योजना बनाएको एसपी काफ्लेले जानकारी दिए ।

साउन २६ मा ११ बजे शर्मिलाको डेरामा ति व्यापारी आए । सवैजना गएर ढोका खोल्न लगाएर ‘हाम्रो छोरी चेलीको इज्जतमाथि हात हालिस् ?’ भन्दै मुक्का हान्न शुरु गरे । ३ जना पुरुषले अर्को कोठामा लगेर घोराहीमा रहेको घडेरी मागे । व्यापारी चकित भए । व्यापारीले ‘घडेरी तत्काल नाममा आउन सक्दैन्’ भनेपछि उनीहरुले भोलिपल्ट असार २७ मा ति व्यापारीलाई घोराही उपमहानगरपालिका–१३ बडहरा स्थित ईट्टा भट्टामा लगेर घरमा फोन गरेर पैसा माग्न लगाए । व्यापारीले भतिजलाई फोन गरेर १ लाख नगद र चेक ल्याउन भने । अनि, दुई लाख दरका दुई थान चेक, ७ लाख २० हजारको अर्को चेक र १ लाख नगद लिएर उनीहरुले व्यापारीलाई मुक्त गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

नगद र चेक साटेर बाँडफाँड गर्नेगरी अजय बुढाथोकीले राखेका थिए । अजय र लोकेन्द्र फरार छन् । रातोपातीबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved