सर्लाही । नेपाली कांग्रेसका नेता तथा सर्लाही क्षेत्र न. ४ का सांसद डा.अमरेश कुमार सिंहले पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको छ ।



स्थानीय निर्वाचनमा पार्टीविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस जिल्ला र प्रदेश कार्य समतिले डा. अमरेशलाई कार्वाहि गर्न सिफारिश समेत पठाएको छ । यस्तो स्थितिमा उनले टिकट नपाउने झल्किन्छ । गठबन्धनबिच टिकट बाडफाडका लागि बनेको कार्यदलको छलफलमा डा.सिंहको चर्चा पनि हुन छोडेको छ ।


यस्तो स्थितिमा डा. सिंहले आफ्ना क्षेत्रका आफू निकट स्थानीय नेता र बुद्धिजिविहरुसँग स्वतन्त्र उम्मेदवारी दिनेबारे छलफलमा तिब्रता दिएको छ । यता नेपाली कांग्रेसमा आफुलाई नै टिकट दिन दवाब पनि बनाएको छ ।
केही समय अघि विभिन्न मिडियामा डा. सिंह एमाले प्रवेश गर्ने तर्खरमा रहेको खबर पनि आएको थियो । स्रोतका अनुसार उनी नेपाली कांग्रेसबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारीको सम्भावना कम र एमाले प्रवेशको सम्भावना बढी रहेको बुझिन्छ । सर्लाही क्षेत्र न. ४ मा एमालेको सिट खाली रहेको छ ।
एमालेका स्थानीय नेताहरुका अनुसार कांग्रेसले टिकट नदिए डा.सिंह एमालेको उम्मेदवार बन्ने निश्चित छ । डा. सिंह र एमाले अध्यक्ष केपि शर्मा ओलिबिच गोप्य भेटघाट भइरहेको छ ।








