काठमाडौं २३ भदौ । नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ ।



नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको हो । समाचार स्रोतका अनुसार सन्दीपलाई कप्तानसँगै खेलकुद गतिविधिबाट निलम्बन गर्न लागिएको छ । १७ वर्षीया नाबालिगले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए ।










