Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र २५, शनिबार ०२:११ बजे प्रकाशित

सिराहा । सिराहामा प्रहरी प्रशासनकै मिलोमतोमा चुरे क्षेत्रबाट गिट्टी, बालुवाको अवधै उत्खनन् गरी चोरीनिकासी भइरहेको छ । चोरी निकासी नियन्त्रणमा प्रशासनले उदासिनता देखाउँदा चुरेक्षेत्र अवैध धन्दा गर्ने अखडा बनिरहेको स्थानीयको आरोप छ । सिरहाको कर्जन्हा नगरपािलका–१ कमला नदीमा राष्ट्रिय योजनाको नाममा स्थापना भएको क्रसरले चुरे क्षेत्रलाई बन्जर बनाइरहेको आरोप छ ।

सम्झौता विपरित नदीबाट मनपरीसँग गिट्टी, बालुवा उत्खनन् गर्दा पनि जनप्रतिनिधि र प्रहरी प्रशासन नदेखेझै गरिरहेको स्थानीयको आरोप छ । सिराहाको कर्जन्हा नगरपालिका र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक चार लेन बनाउन चाइना रेल्वे कम्पनीले ठेक्का पाएको छ । १६ भदौ ०७८ मा भएको सम्झौताअनुसार कमला नदीबाट उक्त कम्पनीले सडक निर्माणको लागि ८० हजार घनमिटर बालुवा, ढुंगा उत्खनन् गर्न पाउँछ । ८० हजार घनमिटरको कार्यादेश पाए पनि चाइना रेल्वे कम्पनीको दुई लाखभन्दा बढी घनमिटर गिट्टी, बालुवा उत्तखनन् गरी खोलाकै छेउमा डम्पिङ गरि राखिएको थियो । सोही गिट्टी, बालुवा अहिले धनुषाको क्रसरमा लगिने गरेको स्थानीय बताउँछन् ।

arkhala ads

धनुषाको पोर्ताहास्थित संचालनमा रहेको कमला माइ क्रसरका सञ्चालक वेचन शर्माले चाइना रेल्वे कम्पनीको कागजात पेश गरेर राष्ट्रिय महत्वको योजनाको नाममा सम्झौता गरी अवैध गिट्टी, बालुवा उत्तखनन् भइरहेको कमला बचाउ संघर्ष समितिका अभियन्ता प्रभात सिंहले बताए । उनले भने, ‘जनप्रतिनिधि तथा प्रहरीको आँखा अगाडिबाट दिनदहाडै सयौं ट्रिपरले गिट्टी, बालुवा लगिरहेका हुन्छन् । प्रहरी प्रशाशन देखेको नदेखै गर्छ ।’ सामान्यतया वर्षाको तीन महिना खोलाबाट गिट्टी वालुवा निकाल्न पाइदैन । तर, यो कम्पनीले हिउँदमै निकालेर राखेको नदीजन्य सामग्री ओसारी रहेको छ ।

नगरपालिकाका पूर्वमेयर गंगा पासवान, नवनिर्वाचित मेयर भोला पोखरेल, जिप्रका प्रमुख लालबावु कवाडी समेतलाइ पटक पटक जानकारी गराउँदा पनि उत्खनन् नरोकिएको अर्का अभियन्ता विनोद श्रेष्ठले जनाए । उनले भने, ‘चाइना रेल्वे कम्पनीले सम्झौताअनुसारको राजस्व रकम समेत नबुझाई गिट्टी, वालुवा निकासी गर्दा पनि सम्बन्धित निकाय मौन हुनु मिलोमतो रहेको पुष्टि हुन्छ । उनले थपे, ‘लाखौँको राजस्व चुहावट भइरहे पनि नियन्त्रणका लागि प्रशासनले कुनै सहयोग नगरेको र प्रहरी प्रशासनले नचाहेसम्म केही हुने वाला छैन ।’

नदीमा अत्यधिक उत्खनन् गरिएका कारण दिनप्रतिदिन यस क्षेत्रको माटो कमजोर र पानीको सतह कम भइरहेको छ । १ असारदेखि भदौ मसान्तसम्म गिट्टी बालुवा ढुवानी निकासीमा रोक लगाए पनि उत्खनन् नरोकिएको विषयमा प्रजिअ लालबाबु कवाडीले राजस्व रकम तिरेर राष्ट्रिय महत्वको योजनाको कामको लागि लगि रहेकोले रोक्न नमिल्ने बताए ।

प्रजिअ कवाडीले भने, ‘चाइना रेल्वे कम्पनीले गरिरहेको गिट्टी, बालुवा ढुवानी निकासी हामीले रोक्न मिल्दैन । अरु कसैले चोरी निकासी गरेको पाइएमा कारबाही हुन्छ ।’

कमेन्टहरु

ताजा खबरहरु

सबै
699530355_1448617683949651_4580128491349074537_n

+२ परीक्षा सकिएपछि विद्यार्थीका लागि “Post Exam...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:०६ बजे प्रकाशित
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved