Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

माडीमा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ २६ | बिहान १०:०५ बजे

चितवन, भदौ २६ । चितवनको माडीमा जंगली जनावरको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मध्यवर्ती सामूदायिक वन अमलियामा शनिबार गाइबस्तु चराउन गएका माडी नगरपालिका – २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।

शनिबार साझबाट बेपत्ता भएका उनको शव आइतबार बिहान साढे आठ बजे जनावरले खाएको अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा बाघले खाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी बिजयराज पण्डितले बताए ।

arkhala ads

सुर्यनाठ शनिबार आफ्ना २५ वर्षीय छोरा होमबहादुर अधिकारीसँगै भैंसी चराउन गएका थिए । बेलुका छोरा फर्कंदा पनि सुर्यनाथ नफर्किएपछि परिवारले आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ सूर्यनाथको खोजीमा खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved