Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रहरी उपरीक्षक बस्नेतको इमान्दारीता पर्सामा टिक्न सकेन, अभियुक्तकै संरक्षणमा लागेको आरोप

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ २६ | बिहान ११:०५ बजे

वीरगंज, २६ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले ज्यान मार्ने उद्योग लगायत तिन तिन वटा मुद्दामा मुछिएका फरार अभियुक्तलाई संरक्षण गर्दै आएको रहस्य उजागर भएको छ । ज्यान मार्ने उद्योग, चोरी तथा ठगी मुद्दामा समेत मुछिएका फरार अभियुक्तको रुपमा चिनिने धर्मेन्द्र यादवलाई प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले नै ढाकछोप तथा संरक्षण गर्दै आएको बारे रहस्य उजागर भएको हो ।

स्थानीय तह निर्वाचनको समयमा पार्टीगत विवाद भए पश्चात फरार अभियुक्त धर्मेन्द्र यादवले घरेलु हतियारको प्रयोग गर्दै आक्रमण समेत गरेका थिए । जसका कारण स्थानीय लालबाबु यादव, मन्तोष यादव, संतोष यादव र पण्डित यादव सख्त घाइते बन्न पुगेका थिए भने स्थानीय लालबाबु यादवको टाउकोमा गम्भीर चोट समेत लागेको थियो । घटना पश्चात जिल्ला प्रहरी कार्यालय पर्सामा धर्मेन्द्र यादव सहित करिब ८ जना माथि मुद्धा समेत दर्ता गरिएको थियो ।

arkhala ads

तर, जिल्ला प्रहरी कार्यालय पर्सामा उजुर दर्ता भएको करिब ४ महिना बितिरहदा समेत प्रहरी उपरीक्षक रमेश बस्नेत आक्रमण गर्ने धर्मेन्द्र यादवलाई ढाकछोप तथा संरक्षण गर्दै आएको बारे रहस्य उजागर भएको छ । प्रहरी कार्यालयको मुद्दा शाखामा उजुर दर्ता भएपनि फरार अभियुक्त भनिएका यादव प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको समेत सम्पर्कमा रहने गरेको एक अडियो क्लिपले प्रमाणित गरेको हो ।

घटना लगतै भारत फरार भएका धर्मेन्द्र यादव केही दिन नबितिदै नेपाल फर्किएको र प्र्हरीकै संरक्षणमा बस्दै आएको बताइन्छ । पर्सा जिल्लाको छिपहरमाई गाउपालिका वडा नम्बर १ भलुवहिया बस्ने लालबाबु राउत(बेतन)का अन्दाजी २५ बर्षिय छोरा धर्मेन्द्र यादव फरार अभियुक्त हुन । नेपालको कानुन अनुसार आफ्नो वुवाको नामबाट नागरिकता लिने प्रावधान रहेपनि कानुनको धज्जि उडाउदै आफ्नै काका महेन्द्र राउत अहिरलाई वुवा बताउदै नागरिकता समेत लिएको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको रेकर्ड अनुसार फरार सुचिमा रहेका धर्मेन्द्र यादव खुल्याम घुमिरहदा प्रहरीले पक्राउ गर्न नसक्नुले समेत संरक्षण रहेको बारे प्रष्टाउछ । नेपालको कानुन अनुसार ज्यान मार्ने उद्योगमा फरार हुने अभियुक्तलाई अपराधी मानिने गरेतापनि त्यसता अपराध गर्ने व्यक्तिलाई ढाकछोप गर्ने प्रहरी उपरीक्षक रमेश बस्नेत माथि गृह मन्त्रालय लगायत नेपाल प्रहरी संगठनका प्रमुख धिरज प्रताप सिंहको ध्यान जानु पर्ने हो । तर पर्सा जिल्लामा हेर्ने हो भने अपराधलाई जनताकै रक्षक मानिने प्रहरी प्रमुखको संरक्षण पाउदा नेपाली जनताको प्रहरी प्रति बोकेको विश्वास गुम्दै गएको देखिन्छ

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved