Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरका सबै गाउँपालिकाका वडामा यसैबर्ष बिजुली पुग्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ २८ | मध्यान्ह ०७:०५ बजे

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत पुग्ने भएको छ । आठवटा पालिकाका रहेको यस जिल्लामा ९२ वडामा यस वर्ष विद्युत पुग्ने नेपाल विद्युत प्राधिकरण कावासोती नवलपुर शाखाका इञ्जीनियर निश्चल अधिकारीले बताउनु भएको छ ।

नवलपुर जिल्लाका ‘अधिकांश क्षेत्रमा विद्युत पुगेको छ, केही वडा बाँकी रहेका छन्’, उनले भने, ‘बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ ।’ उनले भने ।

arkhala ads

गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ योजनाअनुसार प्रदेश अन्तरगत सबै जिल्लाको सबै क्षेत्रमा विद्युत पुर्‍याउने लक्ष्यअनुसार नवलपुर जिल्लामा समेत विद्युतीकरणको काम तीब्र भएको छ । उनका अनुसार मुख्य गरी विद्युत नपुगेका पहाडी क्षेत्रका गाउँपालिका बुलिङटार र बौदिकालीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम चलिरहेको छ । बौदिकालीका वडा नं ५ र ६ मा विद्युतीकरणका लागि धेरै बाँकी रहेको उनले बताए ।

नवलपुरको पहाडी क्षेत्रमा बाटोको समस्याले विद्युत वितरण गर्न समस्या देखिए पनि धेरै स्थानमा तार, पोल पुर्‍याउने काम सकिएकाले मिटर जडानको काम मात्रै बाँकी रहेको इञ्जीनियर अधिकारीले बताए । ‘नयाँ बस्ती थपिँदै जाँदा थप काम रहन्छ नै, तर भएका हालका हरेक क्षेत्रमा विद्युत पु¥याउन हामी केन्द्रित छौँ’, इञ्जीनियर अधिकारीले भने, ‘अहिले पनि पहाडका विभिन्न स्थानमा तार पोल पु¥याइएको छ, चाँडै बत्ती बाल्ने काम हुन्छ ।’

सामुदायिक विद्युतीकरण, लघु जलविद्युत, सौर्य ऊर्जाबाट केही क्षेत्रमा विद्युत पुगेको भए पनि चाँडै ती क्षेत्रमा समेत राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार हुने जनाइएको छ । नवलपुर जिल्लाको पहाडी गाउँपालिका अन्तर्गतका बौदिकाली र बुलिङटारका विभिन्न क्षेत्रमा हाल तनहुँ खैरेनीटारबाट विद्युत वितरण गरिएको छ । तर लामो दूरीबाट ल्याएको विद्युतमा विभिन्न समस्या हुने हुँदा जिल्लाकै बोझापोखरीमा निर्माणधीन सबस्टेशनको काम सकिएपछि पहाडी क्षेत्रमा विद्युतीकरणमा थप सहजता मिल्ने उनले बताए । बोझापोखरीमा विद्युत सबस्टेशन निर्माणको काम अन्तिम चरणमा रहेको छ । यस योजना अन्तर्गत अहिले पोल गाड्ने र तार टाँग्ने काम भैइरहेको छ ।

नवलपुर जिल्लाकै दुम्कीबासमा समेत नयाँ विद्युत सबस्टेशन निर्माणको प्रक्रिया चलिरहेको छ । दुम्कीबास क्षेत्रमा नवलपरासी पश्चिमबाट दाउन्ने हुँदै विद्युत ल्याइएकाले बेलाबेलामा समस्या हुने गरेकाले दुम्कीबासमा विद्युत सबस्टेशन निर्माणपछि त्यस क्षेत्रको समस्यासमेत समाधान हुने उनले बताए ।

नवलपुरमा विद्युत वितरणको अवस्था सुधारका लागि केन्द्रबाट समेत ‘नवलपुर विद्युतीकरण योजना’ सञ्चालनका क्रममा रहेको इञ्जीनियर अधिकारीले बताए । लघु जलविद्युतबाट विद्युत वितरण भएका क्षेत्रमा राष्ट्रिय प्रसारणको लाइन पुर्‍याउने, आवश्यकतानुसार नयाँ ट्रान्सफर्मर वितरण, तारपोल पुर्‍याउने, हाल विद्युत् बाँडिएका क्षेत्रमा विद्युतको क्षमता बढाउनेलगायतका काम यस योजनामा सञ्चालन हुने उनकाे भनाइ छ ।

‘समग्र जिल्लाको विद्युतीकरण सुधार गर्न नवलपुर विद्युतीकरण योजना सञ्चालनमा रहेको छ’, उनले भने, ‘यसले जिल्लाको समग्र विद्युत वितरणलाई प्रभावकारी बनाउन थप मद्दत पुग्नेछ ।’ नवलपुर टुडेबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved