Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

साढे २ करोडको कम्पनी बेचेको पैसा माग्दा उल्टै क्षतिपुर्ति मुद्दा, प्रहरीको अनुसन्धानमाथि शंका

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन २, आईतवार ०५:०४ बजे प्रकाशित

बुटवल । पश्चिम नवलपरासीको सुनवलका प्रियव्रत श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो कम्पनी गत बैसाख ३ मा लुप नेटवर्क लि.लाई पौने तीन करोडमा बेचे । इन्टरनेट सेवा प्रदायक उनको कम्पनीका २ हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । हुँदा खाँदाको कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो क्षतिपुर्ति मुद्दाको झमेला खेप्नुपरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको लुप नेटवर्क लि.ले श्रेष्ठको एक्मी टेक्निकल इन्स्टिच्युट प्रालिलाई २ करोड ५० लाख रुपैयाँमा २०७९ बैसाख ३ मा खरिद गरेको थियो । खरिद सम्झौता अनुसार पहिलो किस्ता वापत ७० लाख रुपैयाँ साउन १५ गते तिर्नुपर्ने थियो । लुप नेटवर्कले साउन १५ मा ७५ लाख, भदौ १५ मा २५ लाख, असोज १५ मा २५ लाखका दरले पुस १५ सम्म सबै रकम चुक्ता गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

arkhala ads

लुप नेटवर्क लि.ले सिटिजन्स बैंक इन्टरनेसनलको साउन १५ कै मितिको ७० लाखको चेक एक्मीका पुर्व सञ्चालक प्रियब्रत श्रेष्ठलाई दियो । तर खातामा रकम नभएपछि उक्त चेक साउन २९, ३१ र भदौ २ गते तीनपटकसम्म साटिएन । यसबीचमा श्रेष्ठले आफूलाई रकम अत्यावशयक भएकाले खातामा रकम जम्मा गर्न आग्रह गरे । यही विषयमा दुई पक्षबीच विवाद पनि भयो । भदौ ६ गते दुबै पक्ष जिल्ला प्रशासन कार्यालयमा छलफल गरी लुप नेटवर्कले सम्झौता अनुसार रकम भुक्तानी गर्ने सहमति भयो । तर लुप नेटवर्क लि.ले रकम भुक्तानी गर्नुको साटो भदौ १६ गते श्रेष्ठविरुद्ध कम्पनीलाई क्षति पु¥याएको भन्दै जिल्ला अदालतमा क्षतिपुर्तिको मुद्दा दर्ता ग¥यो । प्रशासनमा मिलापत्र भइसकेर रकम पाउने आशामा बसेका श्रेष्ठ लुप नेटवर्कका सञ्चालक सतिस पोखरेलले रकम नतिर्न आफूविरुद्ध योजनावद्ध षडयन्त्र गरेको महसुस गरी भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा लुप नेट्वर्कका संचालक विरुद्ध चेक अनादरको उजुरी दिएको बताउँछन् ।

चेक अनादरको उजुरी दिन जांँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख र डीएसपीले बिहान ११ बजेदेखि सांँझ साढे ६ बजेसम्म आलटाल र बहानाबाजी गरेकोसमेत श्रेष्ठको गुनासो छ । जिल्ला सरकारी वकिल कार्यालयमा गुनासो गरेपछि साँझ साढे ६ बजे मात्रै आफ्नो उजुरी दर्ता भएको उनले बताए ।

‘कारोबारको ऋण तिर्नका लागि १७ वर्ष मेहनत गरेर राम्रोसंग चलेको कम्पनी बेचेको थिए । पैसा पाउने बेलामा घर न घाटको भएर उल्टो क्षतिपुर्तिको मुद्दा खेपेको छु’–पत्रकार सम्मेलन गरेर श्रेष्ठले भने–‘मलाई पीडामाथि पीडा र अन्याय भयो, प्रहरी प्रशासनको अनुसन्धानमा पनि शंका छ ।’ राष्ट्रिय अनुसन्धान विभागले लुप नेटवर्कको सुनवलस्थित कार्यालयको सीसीटीभी फुटेज हेर्दा सादा पोशाकमा गएका सई महेन्द्रराज काफ्लेले कम्पनीका कर्मचारी राजन कोइरालाबाट रकम लिएको देखिएकाले प्रहरी अनुसन्धानमाथि आशंका भएको श्रेष्ठले बताए । ‘प्रहरीले चेक बाउन्स मुद्दाको प्रतिवादीबाट रकम बुझेको सिसिटीभी फुटेज प्रमाण छ’–श्रेष्ठले भने–‘यो घटनाको उच्चस्तरीय छानवीन गरी पीडितलाई छिटो न्याय दिनुपर्छ ।’

अग्नि सिमेन्ट, चामल र दाल लगायतका उद्योगहरु चलाउदै आएको एआरसीआईए (आर्सिआ) समूह अन्तर्गतको लुप नेटवर्कविरुद्ध ब्रोडलिंक कम्युनिकेसनले ९३ लाख र पश्चिम नवलपरासीकै शेरबहादुर गुप्ताले ४० लाख रुपैयां ठगेको भन्दै सम्बन्धित निकायमा मुद्दा दायर गरेका छन् ।

लुप नेटवर्कका सञ्चालक सतिस पोखरेलले पीडित श्रेष्ठले खरिद सम्झौताको आचारसंहिता विपरित क्रियाकलाप गरेका र कम्पनीलाई हानी नोक्सानी हुने काम गरेकाले क्षतिपुर्तिको मुद्दा दिएको प्रतिक्रिया दिए । श्रेष्ठलाई लुप नेटवर्कमा २५ लाख रुपैयाँको शेयर पनि दिएकाले आफूहरु नै मर्कामा परेको भन्दै उनले यसबारे समाचार नलेख्न दबाब समेत दिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका निमित्त प्रमुख डीएसपी भोजराज पाण्डेले लुप नेटवर्कविरुद्ध चेक अनादर मुद्दामा अनुसन्धान जारी रहेको बताए । ‘बैंकसंग डिटेल मागिरहेका छौं, सबै विवरण आएपछि मात्रै सत्य तथ्य थाहा हुन्छ’–पाण्डेले भने । पालिकापत्रबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved