Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सञ्चारकर्मी सिंघानियाका हत्यारालाई उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन ५, बुधबार ०६:५२ बजे प्रकाशित

जनकपुर । सञ्चारकर्मी अरुण सिंघानिया हत्या मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसला सदर गरेको छ । बुधवार उच्च अदालत जनकपुरका न्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैध र डाल कुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेका हुन् ।

०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहलाई जन्मकैद फैसला सुनाएको थियो । उच्च अदालतमा एक हप्तादेखि जारी सुनुवाइले जिल्ला अदालतकै फैसला सदर गरेको उच्च अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार जाहेरीको तर्फबाट उच्च अदालतका सरकारी वकिल कार्यालयबाट सह न्यायाधिवक्ता यदुनाथ शर्मा, विपिन कुमार झा, हेम बहादुर कार्की र राज लाल यादवले बहस गरेका थिए । यस्तै प्रतिवादीको तर्फबाट श्याम मिश्र, सुरेन्द्र महतो, प्रकाश कुमार घिमिरे, ओमप्रकाश सिंह र धर्मेन्द्र शर्माले बहस गरेको थिए ।

arkhala ads

संजय साहका सुटर मनक लामा र रामविनोद यादवलाई तीन वर्ष जेल सजाय सुनाएको थियो । यस्तै एकलाल सहनी, चन्द्रदीप यादव, पवन लामालाई १० वर्ष जेल सजायको फैसला गरेको थियो । सोही फैसला बुधवार उच्च अदालतले सदर गरेको हो । सिंघानियाको ०६६ साल फागुन १७ गते होलीका दिन गोली हानी हत्या भएको थियो ।

हत्या भएको दश वर्षपछि जिल्ला अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढाइएको थियो । ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असन्तुष्टी जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved