चितवन ६ असोज । बिहीबार बेलुकी ६ः४५ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं-९ टिकौली जंगलस्थित राजमार्गमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।



वीरगन्जबाट काठमाडौँ जान लागेको ना ७ ख ३७२३ नम्बरको ट्याङ्करले भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर-९, गोन्द्राङ निवासी ६१ वर्षीय प्राण जवरा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते जवराको चितवन मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचारका क्रममा १९ः०७ बजे मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।










