Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अनसनरत भारद्वाजप्रति तीन दर्जन संघसंस्थाको एक्येबद्धता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज ७ | बिहान ०६:०६ बजे

चितवन, असोज ७ । विश्व हिन्दु महासंघको नेतृत्वमा चितवनमा बसेको तीन दर्जनबढी धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको भेलाले अनसनरत धार्मिक अभियन्ता प्रेमनिधि भारद्धाजले सुरु गरेको आमरण अनसनप्रति एक्येबद्धता जनाएको छ ।

महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलको अध्यक्षतामा बसेको भेलाले भारद्धाजका माग पुरा गराउन आवश्यक परे हजारौँ मानिस सडकमा उतारेर नेपाल बन्द गर्न समेत पछि नपर्ने निर्णय गरेको हो ।

arkhala ads

बैठकले आन्दोलनका कार्यक्रमलाई थप शसक्त बनाउन बागेश्वरी आध्यात्मिक परिषदका संरक्षक शान्तप्रसाद पोखरेलको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति निर्माण गरेको छ । जसको सह–संयोजकमा प्रेम प्रसाद गैरे, अनिता खरेल, हिरालाल कंडेल, चेतराज कंडेल, राजु भट्टराई, सुर्यबहादुर कार्की, प्रेमकुमारी तामाङ र ममता शर्मा न्यौपाने रहेका छन् ।

त्यस्तै प्रवक्तामा धुर्वराज मिश्र, सचिवमा ईश्वरी प्रसाद खराल, सह–सचिवमा राम प्रसाद ओस्ती, कोषाध्यक्षमा जिवलाल पुरी रहेका छन् । त्यस्तै समाजसेवी टंकनाथ पौडेल प्रमुख सल्लाहकार, बागमती प्रदेशका निर्वतमान सांसद विजय सुवेदी, समाजसेवी उमाशंकर अग्रवाल, बुद्धिसागर भण्डारी, शालिकराम सापकोटा, रमेशबाबु ढकाल, रुद्र प्रसाद पौडेल, मोहन बिक्रम शाह, गौर गोबिन्द दास, मनोहरी कंडेल, बिष्णु प्रसाद न्यौपाने र भेषराज दुवाडी सल्लाहकार रहेका छन् ।

संघर्षको पहिलो चरणका कार्यक्रमअन्तर्गत असोज ९ गते चितवनमा विशाल प्रर्दशन गर्ने कार्यक्रम तय भएको प्रमुख सल्लाहकार टंकनाथ पौडेलले बताए । प्रर्दशनमा पाँच हजार बढिको सहभागिता गराईने उनले दाबी गरे ।

असोज १ गतेदेखी आमरण अनसन बसेका भारद्धाजको अवस्था गम्भिर बन्दै गएको छ । ७औँ दिनसम्म पनि स्थानीय सरकार तथा प्रशासनले उनका माग प्रति सम्बोधन नगरेको भन्दै धार्मिक अभियन्ता तथा राजनीतिक दलका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारद्धाजका माग सरकारले सम्बोधन गरी नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए । त्यस्तै एमालेका नेता तथा प्रदेश पूर्व सांसद विजय सुवेदीले भारद्धाजका मागहरु स्थानीय सरकारले सहजै पुरा गर्न सक्ने खालका भएकाले तत्कालै पुरा गर्नुपर्ने बताए ।

आजका दिनसम्म पनि माग सम्बोधन नहुनु गम्भिर भएको उनले बताए । भारद्धाजका माग सम्बोधन गरी अनसनबाट उठ्ने वातावरण बनाउन सुवेदीको आग्रह छ । खैरहनी नगर अस्पताल प्रमुख डा प्रशान्त कंडेल नेतृत्वको टोलिले अनसनरत भारद्वाजको स्वास्थ्यको नियमित निगरानी गरेको छ । भारद्धाजको सरिरमा गुल्कोजको मात्रा र सोडियमको मात्रा घटेको, युरिक एसिड बढ्नुका साथै रगतमा उच्च जन्डिस देखिएको डा कंडेलले बताए । अनसनरत भारद्धाजलाई रिँगटा लाग्ने र शारिरिक कमजोरी सुरु भएको डा कंडेल बताउँछन् ।

सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने, नदीहरुमा व्यवस्थित घाट निर्माण गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् ।

त्यस्तै आरती स्थलको व्यवस्था गर्नुपर्ने, गुरुकुल तथा मठ मन्दिर आश्रममा बसेर पढ्नेहरुका लागी पनि छात्रबृति दिनुपर्ने, नियमित आरतीका लागी बजेट दिनु पर्ने लगाएतका स्थानीय माग रहेका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला भारद्धाज १७ दिनसम्म आमरण अनसन बसेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved