Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपरासीबाट चार जना महिलाको उद्धार, घटनामा संलग्न एक जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज ९ | मध्यान्ह ०८:०६ बजे

नवलपरासी । पश्चिम नवलपरासीबाट भारत हुदै कुबेत लैजान लागेका चार जना युबतीहरुको उद्धार गरिएको छ ।

उद्धार हुनेमा काभ्रे रुप्ची गाउँपालिका – ५ सिसाखानी गाउँ बस्ने वर्ष २७ की महिला, सिन्धुली नेत्रकाली वर्ष २० की महिला, काभ्रे तेमाल गाउँपालिका – २ चुँगा गाउँ बस्ने वर्ष २१ की महिला र धनकुटा महालक्ष्मी नगरपालिका – ८ आन्द्रुङ्ग गाउँ बस्ने २३ बर्षकी महिला रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत भोजराज पाण्डेय जानकारी दिनुभएको छ ।

arkhala ads

उनिहरुलाई शुक्रबार अन्दाजी १५:०० बजेको समयमा जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हिनन्दन गाउँपालिका – १ महेशपुरस्थित नेपाल भारत सिमाना नजिक माईती नेपाल र आफन्त नेपाल समेतको सहयोगमा अबैध रुपमा भारतको बाटो हुदै कुवेत लैजान लागेको अबस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत समेतको प्रहरी टोलीले उद्धार गरि आफन्तको जिम्मा लगाइएको

सुचना अधिकृत भोजराज पाण्डेयले जानकारी दिएको छ ।महिलाहरुलाई राम्रो पैसा कमाई हुन्छ, १ पैसा पनि खर्च लाग्दैन भनि ललयाई फकाई सीमा नाका पार गराउने कार्यमा संलग्न जाजरकोट छेडाघाट नगरपालिका – १२ जन्म घर भई हाल जिल्ला बर्दिया बाँसगढी नगरपालिका – ६ ढकेना स्थायी घर भई नवलपरासी वर्दघाट नगरपालिका – ४ वाढीपीडित बस्ने अन्दाजी बर्ष ३५ को गोरख दमाईलाई आइतबार पक्राउ गरि सम्मानित जिल्ला अदालत नवलपरासीबाट ५ दिनको म्याद थप गरि अनुशन्धान गरिरहेको सुचना अधिकारी पाण्डेयले बताउनु भएको छ ।

सो कार्यमा संलग्न अन्यको खोजी कार्य भैरहेको र पक्राउ पर्ने गोरख दमाईलाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved