Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चर्चित क्रिकेटर सन्दीप लामिछानेले दशैँ टीकाको भोलिपल्ट अर्थात् यही असोज २० गते (अक्टोबर ६) का दिन नेपाल फर्केर प्रहरीसामु आत्मसपर्पण गर्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज १५ | मध्यान्ह ०७:०६ बजे

काठमाडौँ १५ असोज । चर्चित क्रिकेटर सन्दीप लामिछानेले दशैँ टीकाको भोलिपल्ट अर्थात् यही असोज २० गते (अक्टोबर ६) का दिन नेपाल फर्केर प्रहरीसामु आत्मसपर्पण गर्ने बताएका छन् । नाबालिकामाथि बलात्कारको आरोप खेपिरहेका लामिछाने केही समयदेखि विदेशमा छन् ।
उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी काटिसकेको अवस्थामा उनी आफैले प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन । आफ्नो फेसबुकमार्फत उनले सो कुराको जानकारी दिएका छन् ।‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा मेरो देश नेपाल फर्कँदैछु,’ उनले भनेका छन्, ‘ममाथि लागेको झुटो आरोपका विरुद्ध म कानुनी लडाइँ लड्नका लागि अख्तियारप्राप्त अधिकारीसमक्ष आत्मसमर्पण गर्नेछु ।’उनले आफू निर्दोष छु र न्याय प्रणालीप्रति आफूले सफाइ पाउनेमा पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तथा तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयप्रति म दृढ विश्वास गर्दछु । र, म छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु,’ उनले भनेका छन् ।क्रिकेट खेलका दौरान उनी विदेश गएको बेला एक नाबालिकाले उनीविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि विदेशमै लुकीछिपी बसेका लामिछानेले केही समय कानुनी परामर्श लिएर कानुनी रुपमै यो लडाइ लड्नका लागि नेपाल फर्किन लागेको बताएका हुन् ।

 

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved