Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रहरीद्वारा हराएको मोटरसाइकल फेला पारी सवारी धनीलाई हस्तान्तरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज २७ | मध्यान्ह ०७:०६ बजे

परासीमा अबैध लागुऔषधसहित एक जना पक्राउ

परासी । पश्चिम नवलपरासीमा लागुऔषधसहित एक पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम- १८ धर्मपुर बस्ने बर्ष अं.२९ को दानेल गैरे रहेको छ । उनलाई बुधबार पक्राउ गरिएको हो ।

arkhala ads

प्रहरीले विशेष सुचनाको आधारमा निजको घर कोठामा रितपुर्वक खानतालसी गर्दा निजको कोठा भित्र तल्ला माथि कालो प्लाष्टिकमा १४३ क्याप्सुल स्पास्मो र १५७ ट्याब्लेट नाईट्राभेट अबैध लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई बुधबार दिउँसो २ बजेको समयमा ईलाका प्रहरी कार्यालय सुनवलबाट प्र.नि. बिष्णु प्रसाद पौडेलको कमाण्डमा खटि गएको ७ जनाको प्रहरी टोलीले नियन्त्रण लिईएको हो । उनलाई बिहिबार सम्मानित जिल्ला अदालत नवलपरासीबाट ५ दिनको म्याद लिई आबश्यक थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी नायक उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।

त्यसैगरी, चोरी भएको मोटरसाइकल प्रहरीद्धारा फेला पारी सवारी धनीलाई हस्तान्तरण गरिएको छ । असोज १८ गते सुनवल नगरपालिका – ४ लक्ष्मीपथस्थित आफ्नै घरमा पार्किङ्ग गरी राखेको लु ३६ प ६९७१ नं.को NS200 पल्सर मोटरसाईकल हराएको जानकारी पश्चात विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुनवलबाट प्र.नि. बिष्णु प्रसाद पौडेलको कमाण्डमा खटि गएको प्रहरी टोलीले खोजतलास गर्दा मोटरसाइकल फेला पारी बुधबार सवारी धनी चन्द्र बहादुर सुवेदीलाई जिम्मा लगाए छ ।

साथै सोही प्रहरी टोलीले बिगत ७ माहिना अगाडिरुपन्देही देवदह नगरपालिका – ४ स्थित घरमा पार्किङ्ग गरी राखेको लु २७ प ६९२९ नं.को 220 पल्सर मोटरसाइकल हराएकोमा खोजतलास गर्दा फेला परी बुधबार सवारी धनी दिपक काफ्लेलाई जिम्मा लगाए हो ।

त्यसैगरी असोज २० गते राती १० बजेको समयमा सुनवल नगरपालिका- १ स्थित ओपन्हट रेष्टुरेन्ट अगाडि पार्किङ गरि राखेको सुदुरपश्चिम प्रदेश ००१-०९ प ७३२८ नम्बरको रातो/कालो रङ्गको 150cc को पल्सर मोटरसाइकल हराएको भनि मौखिक जानकारी ईलाका प्रहरी कार्यालय सुनवलमा प्राप्त भएकोमा खोजतलास गर्दा उक्त मोटरसाइकल फेला परी सवारी धनी प्रदिप न्यौपानेलाई जिम्मा लगाई आबस्यक अनुसन्धान भैरहेको नवलपरासी सूचना अधिकृत भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved