Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुर प्रहरीले फर्मालिनयुक्त अवैध माछा बरामद गरि गर्‍यो नष्ट

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक ८ | मध्यान्ह ०५:०७ बजे

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको पशु क्वारेन्टाईनबाट नक्कली कागजात बनाएर कठमाण्डौ लैजादै गरेको माछा नवलपुर प्रहरीले गर्‍यो नष्ट

नवलपुर, कार्तिक ८ । नवलपुर प्रहरीले फर्मालिन राखेर काठमाण्डौ लैजादै गरेको गुणस्तरहिन र अबैध माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको पशु क्वारेन्टाईनबाट कागजात बनाएर कठमाण्डौको कालीमाटी पुर्याउने भनिएको २० क्वीन्टल माछा जिल्ला प्रहरी कार्यालय नवलपुरको हाताभित्र खाडलमा पुरेर नष्ट गरिएको हो ।

arkhala ads

माछालाई लामो समय सड्न, गल्न र दुर्गन्धित हुन नदिन ब्यवसायीले फर्मालिन प्रयोग गर्दछन् तर फर्मालिन प्रयोग भएको माछा सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । फर्मालिनयुक्त खानेकुरा सेवनले मानिसको शरीरमा मन्द विष प्रवाह गर्ने भएकाले विषाक्त मानिन्छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका कार्यालय प्रमुख एवं प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार ढुवानी हुदै गरेको माछा कावासोतीमा चेकजाँच गर्ने क्रममा बाहिरै दुर्गन्ध आएको थाहा भएपछि थप अनुसन्धान गर्दा कागजात समेत नक्कली रहेको र फर्मालिन प्रयोग भएको पाईएपछि कार्वाही गरिएको हो ।

माछा नष्ट गर्ने बेला स्थानीय माछा ब्यवसायी समेतको सहभागिता रहेको थियो । प्रहरीले उक्त माछा अवैध रुपमा भारतबाट भित्रिएको जनाएको छ । नष्ट गरिएको माछाको बजार मुल्य ६ लाख रुपैया बरावरको हो । प्रहरीले माछा ढुवानीमा प्रयोग भएको लु २ च ६९०३ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved