काठमाडौं ११ कार्तिक । गृहमन्त्रालयले आज पनि तिहारकै रुपमा सार्वजनिक विदा दिएको छ ।



विगतमा ३ दिन तिहार भएपनि यसपाली भने तिहारको ५ दिन सार्वजनिक बिदा परेको हो । सोही अनुरुप भाइटिकाको भोलिपल्ट आज पनि सार्वजनिक विदा दिइएको हो । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो ।


अब सरकारी कार्यालयहरु सोमबारबाट मात्रै खुल्ने छन् । भोली शनिबार र आईतबार छठ परेकाले सोमबारबाट मात्रै कार्यालयहरु खुल्ने भएका हुन् ।








