Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रामेछापमा नेकपा माले पतिस्पर्धाको मैदानमा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे

बिनोद कार्की
रामेछाप । रामेछाप जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको लागि राजनीतिक दल र स्वतन्त्र गरेर ४५ जना प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधिसभामा २२ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

जसमा नेकपा मालेवाट मोहन कार्की, नेकपा एमालेवाट कैलाश ढुङगेल, नेपाली काग्रेसवाट पुर्ण बहादुर तामाङ, आङ छोङवा शेर्पा स्वतन्त्र, कृष्ण भुजेल स्वतन्त्र, केदार खड्का विपी कागे्रस, चन्द्र राउत स्वतन्त्र, जितेन्द्र कुमार श्रेष्ठ राप्रपा नेपाल, धन बहादुर तामाङ उन्मुक्ति पार्टी, बाबुराम तामाङ नेपाली जनता दल, विक्रम राना स्वतन्त्र, भक्त बहादुर थापा मगर स्वतन्त्र, रमेश महते नेकपा समाजवादी माओवादी, राम कुमार लामा स्वतन्त्र, रुद्र बहादुर पुलामी राष्ट्रिय समाजवादी पार्टी नेपाल, लाल बहादुर घिसिङ राप्रपा, बिष्णु प्रसाद काफ्ले जन समाजवादी पार्टी नेपाल, समिक्षा श्रेष्ठ स्वतन्त्र, साङगे शेर्पा लोकतान्त्रिक मञ्च, सुवास घिसिङ नेशनल पिपुल्स पार्टी रहेका छन् ।

arkhala ads

समग्रमा हेर्दा रामेछापमा अन्य दलभन्दा नेकपा मालेले जिल्लाभरी छरिएर रहेका मत प्राप्त गर्ने र नेपाली काँग्रेस, एमालेको असन्तुष्ट रहेका आन्तारिक मत नेकपा मालेलाई थपिदा त्रिपक्षिय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अन्य प्रतिस्पर्धी पार्टीहरुले पनि गएको चुनावमा भन्दा निक्कै राम्रो मत हाशिल गर्ने देखिन्छ । स्वतन्त्रमा उम्मेद्धारी दिएका धेरैजतिले साना दलको एकतामा जोड दिइरहेका वेला नेकपा मालेले जितको सम्भावना जिवीतै राखेको हुनाले सवै साना दलले नेकपा मालेलाई अन्तिममा साना दलको प्रतिनिधित्व हुनेगरी नेकपा मालेको चुनाव चिन्ह हशिया तारामा मतदान गर्ने सम्भावना बढेको छ ।

साना दलको नेतृत्वमा सवैभन्दा प्रखर, युवा र स्थानीय देखि केन्द्रसम्मको अनुभवी र पेशाले सञ्चारकर्मीसमेत रहेका मोहन कार्कीलाई विजयी गराउदा रामेछापले असल अन्य ठुला दलभन्दा अझै अव्वल नेतृत्व देखिएको हुनाले साना र स्वतन्त्रका उम्मेद्धारहरुले समेत मोहन कार्कीलाई प्रतिनिधि सभामा सघाउने छलफलमा जुटेका छन् भने नेपाली काँग्रेस र एमालेका पार्टीका असन्तुष्ट रहेका कार्यकर्ताहरु र जनताले मोहन कार्कीलाई नै समर्थन गर्दै हशिया तारामा मतदान गर्ने पर्वल सम्भावना देखिन्छ । हुन पनि मोहन कार्कीले उनकै नेतृत्वमा बृहत रामेछापको विकासको लागि ३१ बुदे (कृपज) को अवधारणा पत्र सर्वाजनिक गरिसकेका छन् ।

उक्त योजना हेर्दा पनि रामेछापको विकास गर्न सक्ने क्षमता कार्कीले राख्छन् भनि जनताले समेत गाउँ गाउँमा कुरा गर्न थालेको सुनिन्छ । यसपटक युवालाई अवसर दिने सल्लाह गरेको टोल टोलमा सल्लाह हुन थालिसकेको छ । युवा माझमा समेत लोकप्रीय भएका कार्की नेकपा माले पार्टीका केन्द्रीय सदस्य तथा प्रगतिशील युवा संघ नेपालका उपाध्यक्ष, बागमती प्रदेश प्रमुख, पार्टीको रामेछाप–दोलखा ब्यूरो इन्चार्ज समेत रहेका छन् ।

सानै उमेरवाट संगठानिक भएका कार्कीले मेहेनत र इमादारिता साथ नेपाली समाजलाई पु¥याएको राष्ट्रिय योगदान, जिल्लामा जनतालाई परेको समस्यामा भौतिक, नैतिक, सहजीकरण जस्ता काम गरेर देखाउने र प्रष्ट धारणा राख्ने, नढाट्ने खरो स्वभाव भएका कार्कीले यसपटक जनताले अवसर दिएमा रामेछापलाई तत्कालीन, मध्यकालीन,दिर्धकालीन योजना बनाएर काम गर्ने बताउदै घर दैलो गरिरहेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved