काठमाडौं । बिहीबार कलश यात्राको क्रममा भएको घटनाका सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा गठन भएको समितिले घटना र त्यसबाट भएको क्षतिको सम्बन्धमा सरोकारवालासँग बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।



समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराम मरासेनी सदस्य रहेका छन् । बिहीबार महोत्तरीको भंगाहा ८ मा छठ पर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा दुई पक्षबीच विवाद सिर्जना भएको थियो ।


मुस्लिम र हिन्दु समुदायबिच धार्मिक हिंसा भड्किएपछि शुक्रवार राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकालेका थिए ।








