तनहुँ, कार्तिक १२ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा मोटरसाइकलको पांग्रामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ ।



शनिबार दिउँसो व्यास नगरपालिका–५ पाटनबाट झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पांग्रामा बेरिँदा हात चुँडिएको हो । दिदीका छोरासँग मोटरसाइकलमा सवार उनको बायाँ हात कुहिनोभन्दा तलबाट छुट्टिएको प्रहरीले जनाएको छ ।


घाइते थापाकी छोरी र चालक भने सकुशल छन् । घाइते थापालाई दमौली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लागिएको छ ।








