Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने माओवादीका नेताहरु निष्कासन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक १२ | मध्यान्ह ०६:०७ बजे

काठमाडौ । नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

शनिवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् ।

arkhala ads

‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीसहितको गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पार्टी केन्द्रीय समिति तथा केन्द्रीय निकायका सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी गराइन्छ,’ परिपत्रमा भनिएको छ ।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनेमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्सा ४ (१) बाट उम्मेदवारी दिएका वीरेन्द्र यादव र रोल्पा १ (२) मा स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् । उनीहरू सबै केन्द्रीय समिति सदस्य हुन् । यस्तै पार्टीबाट निष्कासित हुनेमा केन्द्रीय लेखा परीक्षण आयोग सदस्यसमेत रहेका कालिकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका काशिचन्द्र बराल रहेका छन् ।

यस्तै माओवादीले पार्टीका प्रदेश कमिटी सदस्यले गठबन्धनका उम्मेदावरविरुद्ध उम्मेदवारी दिएमा सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्नुपर्ने जनाएको छ ।

यस्तै जिल्ला तथा स्थानीय स्तरका नेताहरुले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएको भए सम्बन्धित जिल्लाले कारबाही गनुपर्ने छ । यस्तै माओवादी केन्द्रले गठबन्धनका आधिकारीक उम्मेदवारलाई जिताउन निर्देशन दिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved