Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाली कांग्रेसका नेता प्रमोद यादवका छोरा निखिलले कार पछाडि हटाएर घाइते बनाए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक १२, शनिबार १०:११ बजे प्रकाशित

बुटवल १२ कात्तिक । नेपाली कांग्रेसका नेता प्रमोद यादवका छोरा निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरुले कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा ०१–०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको उनीहरुको भनाइ छ । कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका थिए ।

arkhala ads

कुनल र सुजल पाण्डेको तिनाउ हस्पिटलमा उपचार भइरहेको छ । २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् । यादवले गाडी ब्याक गराएर घाइते बनाएको तर कारबाहीको साटो कांग्रेस नेताहरुबाट मिल्न दबाब दिएको घाइतेहरुको गुनासो छ । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । पीडितहरूले कांग्रेस नेता यादवले मिलापत्रका लागि दबाव दिएको बताएका छन् ।

घाइते सुजलले यादवका आफन्त र कांग्रेसका नेताहरू अस्पताल आएर पटक पटक मिलेर जान दबाब दिइरहेको बताए । ‘दोषीलाई कारबाही हुनुप¥यो, नेता दबाबमा प्रहरीले घटना सामसुम पार्न खाजेको छ’, सुजलले भने ।

यादवले गाडी ब्याक गर्दा त्यहाँ रहेका आधा दर्जन मोटरसाइकल र स्कुटरमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चालकले मदिरा सेवन गरेको भए कानुन बमोजिम कारबाही हुने बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved