काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको शुभकामना दिएका छन् ।



छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरेका छन्। नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले छठजस्ता सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको बताएका छन्।


उनले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको बताएका छन्। ‘यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, आपसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पुर्याएका छन्’, उनले भनेका छन्।








