Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

दार्चुला घटनाबारे भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न गृहले गर्‍यो परराष्ट्रलाई पत्राचार

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक १३ | बिहान ०७:०७ बजे

दार्चुला । भारतले सडक खन्दा उछिट्टिएको ढुंगा लागेर दार्चुलाका १० वर्षका पवन महराको मृत्यु भएपछि यसबारे सरकारले कुटनीतिक माध्यमबाट भारतसँग कुराकानी गर्ने भएको छ । गृह मन्त्रालयले यसबारे कुटनीतिक तवरबाट कुराकानी गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो।

भारतको उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुंगा लागेर दार्चुलाका महराको मृत्यु भएको थियो । महराका परिवारलाई उचित राहत उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय र पहल गरिदिन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई शनिबार आग्रह गरेको हो।

arkhala ads

कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ्ग गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिईमा गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा दुम्लिङ गाउँका पवनको टाउकोमा ढुंगा लागेर मृत्यु भएको थियो। गृह मन्त्रालयले उक्त घटनाको थप अनुसन्धान भइरहेको साथै उक्त घटनाबाट पीडित परिवारका सदस्यहरुलाई राहत दिलाउने सम्बन्धमा कूटनैतिक तबरबाट आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको उल्लेख गरेको छ।

सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा पर्याप्त सुरक्षा सतर्कता अपनाउन, स्थानीयलाई समेत पूर्वसावधानी अपनाउनका लागि स्थानीय प्रशासन समेतको समन्वयमा जानकारी गराउन र घटनाबाट पीडित परिवारका सदस्यलाई उचित राहत उपलब्ध गराउने सम्बन्धमा आवश्यक समन्वय तथा पहल गरिदिनका लागि गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले पत्रमार्फत परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छन्।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved