नवलपुर । नवलपुरको बुलिङ्टारमा बस दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जादै गरेको बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. २ मथारमा दुर्घटना भएको हो ।



सो दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही घाईते भएका छन् । मनकामना दर्शनका लागि पाल्पाको रम्भा गाउँपालिका -१ हुगिबाट जादै गरेको ना ६ ख ७५८० नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै एक सय मिटर खसेर काली गण्डकी किनारमा पुगेको छ । बसमा रम्भा-१ हुँगी अन्तर्गत बिसौना, च्याङ्लिङ र गैरी क्षेत्रका दर्शनार्थी सवार थिए ।


आज बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि चितवन लैजाने तयारी भैरहेको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।








