Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुटवल-नारायणगढ सडक ठेकेदारलाई अन्तिम २१ दिने अल्टिमेटम, ठेक्का तोडिने सम्भावना

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक १३ | मध्यान्ह ०५:०७ बजे

बुटवल । निर्माणमा प्रगति नभएको भन्दै सूचना निकालेर ठेक्का तोड्ने तयारी गरिएको नारायणगढ–बुटवल ठेकेदार कम्पनीलाई फेरि थप २१ दिनको समय दिइएको छ ।

गत असोज ९ गते नारायणगढ–बुटवल सडक योजना कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्दै २८ दिनभित्र अपेक्षाकृत प्रगति नदेखिए सिधै ठेक्का तोडिने चेतावनी दिएको थियो ।

arkhala ads

तर, प्रगति नभएपनि ठेकेदारको आग्रहमा अन्तिम पटक २१ दिनको समय दिइएको योजना कार्यालयले जनाएको छ । थपिएको समय अनुसार कात्तिक २९ भित्र ठेकेदारले निर्माण प्रगति बढाउनु पर्ने छ । आयोजना निर्देशनालयका निर्देशक सुशीलबाबु ढकालका अनुसार उक्त समयभित्र प्रगति नबढे ठेक्का तोडिने छ ।

अन्तर्राष्ट्रिय परामर्शदाताबाट २१ दिनको समय दिने निर्णय भएको उनले जानकारी दिए । ‘यसअघि दिइएको समयमा १० दिनजति अस्वभाविक वर्षा भएकाले सोचेजस्तो काम गर्न नपाएको भन्दै ठेकेदारले समय थप गर्न माग गरेको थियो’ निर्देशक ढकालले भने । निर्माण कम्पनीले यसअघि थपिएको समयमा उल्लेख्य प्रगति गरेकाले पनि २१ दिनको समय दिने निर्णय भएको उनको भनाइ छ ।

‘पहिलाका सबै शर्तहरु कायम हुने गरेर समय थप गरिएको हो,’ उनले भने, ‘तर यो अन्तिम मौका हो, फेरि थपिएको समयमा प्रगति नभए बीचमै ठेक्का तोड्न सकिने छ ।’ २८ दिनको समयमा के कति प्रगति भयो भन्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुन थापासहितको टोली स्थलगत अध्ययनका लागि सोमबार जाने उनले बताए ।

‘पटक पटक सचेत गराउँदा पनि काम नगरे अन्तिम विकल्पका रुपमा ठेक्का तोड्ने नै हो,’ निर्देशक ढकालले भने, ‘त्यसैले अब राम्रो काम गरे काम गर्न दिइने छ, नभए कुनै बहानाबाजीमा ठेक्का तोड्न रोकिने छैन ।’ यसको ठेक्का आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर म्याद सकिँदा प्रगति बल्ल २० प्रतिशत हाराहारी छ ।

गत साउन २२ मा पूर्वी खण्डमा ३८४ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थपिएको छ । ‘थपिएको समयमा खाल्डाखुल्डी पुर्नुपर्छ भनिएको थियो, त्यो पुरा गरेको छैन,’ उनले भने, ‘प्रगति पनि बढाउन भनिएको थियो, त्यो पनि हुन सकेन, अब पटक पटक खाल्डाखुल्डी पुर्न भन्न नपरोस्, आफ्नो दायित्वभित्र परेपछि यो काम आफैं जानेर गर्नु पर्छ ।’

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved