Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भारतलाई कूटनीतिक नोट

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक १४ | बिहान ०७:०७ बजे

काठमाडौ । सीमा क्षेत्र महाकाली नदीकिनारमा भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर शुक्रबार दार्चुलाका नौ वर्षीय पवन महराको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट दिएको छ। बालक महराको मृत्यु भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय दूतावासलाई कूटनीतिक नोट दिएको हो।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हामीले सीमा क्षेत्रमा विकास निर्माण गर्दा सावधानी अपनाउनुपर्ने, विकास निर्माणको काम चलिरहेका बारेमा स्थानीय बासिन्दा र स्थानीय निकायलाई जानकारी गराउनुपर्ने तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने विषय समेटेर काठमाडौंस्थित भारतीय दूतावासलाई कूटनीतिक नोट बुझाएका छौं।’

arkhala ads

भारतीय पक्षले सीमा क्षेत्रमा लिपुलेक जोड्ने सडक निर्माणका क्रममा विस्फोटक पदार्थ पडकाउँदा उछिट्टिएको ढुंगाले टाउकोमा लाग्दा व्यास–२ स्थित तम्बाकु क्षेत्रमा हिँडिरहेका हिक्मत महराका नौ वर्षका छोरा पवनको घटनास्थलमै मृत्यु भएको थियो।

भारतीय पक्षले सीमा क्षेत्रमा गर्ने लापरबाहीका कारण यसअघि पनि केही नेपालीले ज्यान गुमाइसकेका छन्। अघिल्लो वर्षको साउनमा भारतीय सुरक्षाकर्मीले नेपालका जयसिंह धामी महाकाली नदी पार गर्न चढेको तुइन काटिदिँदा खसेर बेपत्ता भएका थिए। उक्त घटनाको जनस्तरमै विरोध सुरु भएपछि सरकार छानबिन समिति बनाउन बाध्य भएको थियो।

भारतले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीमाथि लामो समयदेखि थिचोमिचो गर्दै आएको छ। कहिले भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूभागमा आएर नेपालीलाई दुःख दिन्छन् त कहिले उनीहरूले सीमाक्षेत्रबाट आवतजावत गर्ने क्रममा विभिन्न बहानामा सताउँछन्। भारतीय पक्षबाट हुने दुव्र्यवहारविरुद्ध नेपाल सरकारले सशक्त आवाज नउठाउँदा यस किसिमका घटना दोहोरिने गरेका छन्।

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत नेपाली भूभाग अतिक्रमण गरिरहेको भारतले २०७७ वैशाखमा लिपुलेकमा एकतर्फी सडक निर्माण र उद्घाटन गरेपछि दुई देशबीच विवाद सिर्जना भएको थियो।

विश्व कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला २०७७ वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको भर्चुअल उद्घाटन गरेका थिए। भारतीय पक्षले नेपालको भूभाग हुँदै सडक निर्माण गरेपछि सरकारले विरोध जनाएको थियो। भारतले अतिक्रण गरेका लिपुलेक, कालापानी, लिम्पियाधुरासमेत समेटेर नेपाल सरकारले २०७७ जेठ ७ गते चुच्चे नक्सा जारी गरेको थियो। यसको प्रतिक्रियास्वरूप भारतले चीनतर्फ संकेत गर्दै नेपालले अरू कसैको उस्काहटमा लागेर नयाँ नक्सा जारी गरेको आरोप लगाएको थियो। नेपालले अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने र सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने कुरा उठाएपछि केही समय दुई देशबीच संवादहीन अवस्था सिर्जना भएको थियो। त्यतिबेला चिसिएको नेपाल–भारत सम्बन्ध अझै सामान्य हुन सकेको छैन। नागरिक दैनिकबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved