Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भ्रष्टाचार र गुन्डागर्दीमा माहिर रहेका मुख्यमन्त्रीलाई आफ्नो मत नदिन मतदाताहरुले लिए अडान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक १७, बिहीबार ०८:३६ बजे प्रकाशित

वीरगंज १७ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा भ्रष्टाचार गर्दै आएका मुख्यमन्त्री महम्द लालबाबु राउत गदीलाई आफ्नो अमुल्य मत नदिन मतदाताहरुले अडान लिएका छन । मधेस आन्दोलनको नाममा निर्वाचित भई मुख्यमन्त्री पदसम्म पुगेका महम्द लालबाबु राउत गदीलाई यसपालिको हुने निर्वाचनमा मतदान नगर्न अडान लिएका हुन ।

पर्सा जिल्ला क्षेत्र नम्बर १ को (ख)बाट उम्मेदवारी दिनु भएका महम्द लालबाबु राउत गदी जनताको मत लिने र जनतालाई गाली गरी दास झै व्यवहार गर्ने गरेको कारण आफुहरु मुख्यमन्त्रीको पक्षमा मतदान नगर्न अडान लिएको स्थानीयहरु बताउछन । विकासको नाममा बजेट निकासा गरी निर्माण कार्यमा भ्रष्टाचार गर्ने गरेका गदी, मधेस बिरोधी रहेको बताउदै यसपालि हुने निर्वाचनमा उनको पक्षमा मतदान नगर्न बताए । पोखरी सौन्दर्यकरण, बेटी पढाउ बेटी बचाउ, साइकल बितरण लगायत विकासको कार्यमा भ्रष्टाचार गरी अकुत सम्पती कमाउन सफल भएका मुख्यमन्त्रीलाई यसपालिको निर्वाचनमा बहिस्कार नै गर्ने मतदाताहरु बताउछन ।

arkhala ads

निर्वाचनको समयमा घरदैलो गर्दै मुख्यमन्त्री गदीले केही मतदातालाई आर्थिक प्रलोभन समेत दिएको स्थानीयहरु आरोप लगाए । भ्रष्टाचारबाट अकुत सम्पती कमाएका मुख्यमन्त्री महम्द लालबाबु राउत गदीले निर्वाचनको समयमा मिठो मिठो कुरा गरेपनि निर्वाचित भए पश्चात जनता संग रुखो व्यवहार गर्ने गरेको स्थानीयले दुखेसो पोखे । राजनीतिको आडमा भ्रष्टाचारलाई बढावा दिने मुख्यमन्त्री स्विकार नहुने क्षेत्र नम्बर १ का जनताले अडान लिएका छन ।

बिगत ५ बर्षमा मुख्यमन्त्रीले गरेको विकासको कामको बिषयमा स्थानीय संचारकर्मीले प्रश्ण गर्दा जवाफ नै नदिई दुव्र्यहार गर्दै हटाएको भिडियो सार्वजनिक भएको छ । निर्वाचनको समयमा पनि मुख्यमन्त्रीले आफ्नो पावरको दुरुपयोग गर्दै स्थानीय संचारकर्मी प्रतिको आक्रोष व्यक्त गर्दै गुन्डागर्दी शैलीमा उत्रिएका थिए । गुन्डागर्दी शैलीमा उत्रिएका मुख्यमन्त्रीलाई यसपालिको निर्वाचनमा तह लगाएरै छोड्ने स्थानीयहरु प्रतिवद्धता जाहेर गरेका छन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved