Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मन्दिर अनौठो मेला आजदेखि शुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक १८, शुक्रबार १०:३६ बजे प्रकाशित

बुटवल । पाल्पाको सत्यवती मन्दिरमा राती चिच्याएर वर माग्ने अनौठो धार्मिक मेला आज शुक्रबारदेखि सुरु भएको छ । विगतका केही वर्ष कोभिड १९ को कारण रोकिएको मेला यो वर्षदेखि पुनः सुरु भएको हो । विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने छ ।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरि चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिक्रमा गरी परिषरको पोखरीमा लिगो गाडेर पूजा गर्ने चलन छ ।

arkhala ads

प्रायः रातीमा चिच्याएर वर माग्ने गरिए पनि अचेल दिउँसोमा पनि वर माग्ने गरिन्छ । कार्तिक १८ गते एकादशीबाट २२ गते पूर्णिमासम्म दर्शन गर्ने राम्रो जोग परेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए ।

यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाक्षा मागेको, बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयहरु बताउँछन् ।

परापुर्व कालमा सत्यवती बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न आउनेको घुइँचो लाग्दछ ।

पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन । जिल्लाको गहनाका रुपमा स्थापित सत्यवती मन्दिरले देश भित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । सहज तरिकाबाट पर्यटक भित्र्याउन स्थानीय सरकार लागिपर्ने बताउदै श्रेष्ठले मन्दिर दर्शन गर्न चाहने शारिरिक अशक्तता भएका दर्शनार्थीलाई सवारीमा पुग्ने ब्यवस्था गरिएको जानकारी दिए । २४ माइल र झुम्सा पानीमिलबाट पुग्ने सडक मर्मत गरी पालिकाले एकतर्फी बाटो खोलेको छ । यस वर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रूपैयाँ भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाहाले बताए ।

मन्दिरमा करिब १ सय ५०  स्टलहरु राखिने तिनाउ वडा नं ४ का वडाअध्यक्ष तुल बहादुर आलेले बताए । धार्मिक र ऐतिहासिक महत्व बोकेको जिल्लाकै एकमात्र स्थापित सत्यवती मन्दिर र तालको समग्र विकासमा सबैको सहकार्य आवश्यक रहेको समितिका सचिव लालबहादुर दर्लामीले बताए । झुम्सादेखि ९ किलोमिटरको दुरीमा रहेको यो सत्यवती बजैको मन्दीर पुग्न पैदल हिँडेर दुई घण्टा लाग्ने गर्दछ ।

धेरै भिड हुने र सवारी चापले बाटो अवरुद्ध हुने भएकाले विगतका मेलामा झुम्सामै गाडीहरु रोकेर तीर्थालुहरुलाई पैदल हिडाइन्थ्यो भने यो वर्ष एकातर्फ गाडी चलाएर यातायातको सुविधा मिलाइएको आयोजकले जनाएका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved