Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

त्रिपाठीलाई मतदाताको प्रश्न: कोभिड खोपमासमेत किन कमिसनको काण्ड घटाउनुभयो ?

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक १९, शनिबार ०३:१० बजे प्रकाशित

नवलपरासी, कार्तिक १९ । पुर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार हृदेयश त्रिपाठीले कोरोनाको भ्याक्सिन खरिद गर्दाको कमिसन काण्डका बारेमा अहिले मतदाताको सामना गर्नु परेको छ । चुनावी अभियानमा रहेका त्रिपाठीलाई टोलटोलमा जादा यहाँका मतदाताले यहि प्रश्न तेस्र्याएका छन् ।

कोरोना महामारीका समयमा त्रिपाठी स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा थिए । कोरोनाले देशभरका नागरिक आहत भईरहदा देशभरबाट शिघ्र खोप व्यवस्थापनका लागि सरकारमाथि दवाव परेको थियो । सरकारले खोप आयातका लागि कोभिसिल्डसँग सम्झौता गरेपछि पहिलो चरणको खोप आयात भएको थियो । तर, दोस्रो चरणको खोप आयात अवरुद्ध गरेर त्रिपाठीले कसिमन काण्ड घटाएका थिए । जुन समाचार त्यतिबेलै कान्तिपुर लगायत देशका प्रमुख समाचार माध्यममा प्रमुखताकासाथ प्रकाशित भएको थियो ।

arkhala ads

केपी ओली नेतृत्वको एमाले सरकारको स्वास्थ्य मन्त्री बनेका त्रिपाठीले खोप खरिद गर्दा बालुवाटारबाटै डिल भएको भन्दै कमिसनको खेलमा प्रधानमन्त्री नै संलग्न रहेको आरोप लगाएका थिए । पहिलो डोज खोप लगाएका करिब २ लाख नागरिकलाई अनिवार्य लगाउनु पर्ने दोस्रो डोज खोप लगाउन बन्चित गरेर मन्त्री त्रिपाठी कमिसनको खेलमा रहेको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो ।

कोभिसिल्डको दोस्रो डोज खोप आयात गर्दा तत्कालिन प्रधानमन्त्री ओलीले आफु निकटका ब्यापारी सुरज बैद्यलाई कमिसन एजेण्ट बनाएर करौडौ रुपैयाँको घोटाला गर्न लागिएको आरोप पनि त्रिपाठीले लगाएका थिए । गत निर्वाचनमा एमालेबाटै चुनाव जितेका त्रिपाठीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीमाथि आरोप लगाएपछि एमालेले उनलाई वेवास्ता गर्न थालेको थियो । एमालेमा कुनै हैसियत नहरने अवस्था आएपछि त्रिपाठीले जनता प्रगतिशिल पार्टी खोलेका थिए ।

नवलपसारीको प्रतापपुरमा घरदैलो गर्दै हिडेका त्रिपाठीलाई स्थानीय श्याम पाण्डेले आफ्नी बृद्ध आमाले कोभिसिल्डको दोस्रो डोज खोप लगाउन नपाएको त्यसको कारण त्रिपाठीको कमिसन मोह रहेको भन्दै आक्रोश पोखे । स्वास्थ्य मन्त्री रहेका बेलामासमेत यहाँका जनतालाई खोप लगाउने व्यवस्था मिलाउन आवस्यक ठान्नु भएन । यस्तो गैर जिम्मेवार व्यक्तिलाई फेरी चुनाव जिताउनुको के अर्थ रहन्छ ? पाण्डेले भने ।

बर्दघाट नगरपालिकाका चुनावी भेटघाटमा पनि त्रिपाठीले मतदाताको यहि प्रश्नको सामना गर्नु परेको छ । बर्दघाट नगरपालिका – २ का विशाल पौडेलले प्रश्न गरे– तपाईँले कोरोनाको समयमा हामीलाई खोपकोसमेत व्यवस्था गर्न आवस्यक ठान्नु भएन । उल्टो कमिसन नपाएका कारण खोप आयात रोकिएको समाचार नेपालका राष्ट्रिय दैनिक र अनलाईनहरुमा पढ्नुपर्दा हाम्रो शिर निहुरिएको छ । हाम्रो भोटलाई तपाईँले कमिसन सँग साट्दै आउनु भएको छ ।
कमिशन काण्डमा प्रधानमन्त्रीलाई नै मुछ्ने प्रयास गरेपछि ओलीले त्रिपाठीलाई स्वास्थ्य मन्त्रीबाट हटाएका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved