Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

धनुषामा सुमो दुर्घटना हुँदा २ दिने शिशुको मृत्यु, ७ जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

धनुषा, कात्तिक २० । धनुषामा सुमो दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना३च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु भएको हो । सो दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीका अनुसार जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुमो अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त सुमोमा सवार ८ जनामध्ये ६ जना सामान्य घाइते, १ जना गम्भीर घाइते भएको र मिथिला नगरपालिका हरिहरपुरकी सन्जुदेवी महतोको २ दिने शिशुको मृत्यु भएको प्रहरी प्रवक्ता क्षेत्रीले बताए ।

arkhala ads

यस्तै घाइते हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–७ की २४ वर्षीय राधादेवी सिंह र ४० वर्षीय फुलोदेवी महतो, मिथिला नगरपालिका–३ की ६० वर्षीय कमलीदेवी र चन्द्रकला महतो साथै सोही पालिका १ की १५ वर्षीय सुधीसिंह र लक्ष्मीनियाँ गाउँपालिका–६ वगेवा बस्ने चालक सिकिन्द्र ठाकु शर्मा रहेको धनुषा प्रहरीले जनाएको छ ।

चन्द्रकला महतोको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको अस्थायी प्रहरी पोस्ट लक्ष्मीनियाँ बजारले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नजिकैको सेन्ट्रल हस्पिटलमा लगिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved