Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बिनोद चौधरीको पछिल्लो २० दिनका मुख्य मुख्य १० काम

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

काठमाण्डौ, कार्तिक २० । नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसँगै यहाँ विकासको आशा पलाएको छ । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्त्वपूर्ण कामका लागी पहल अघि बढाएपछि जनतामा विकासको आशा पलाएको हो ।

छोटो समयमानै देखिएको र मतदाता सामु बोलेका कुरालाई तत्काल कार्यान्वयन गर्न चौधरीले देखाएकोे चाँसोप्रति आम मतदाताको ध्यान केन्द्रित भएको पाईन्छ । चौधरीले निर्वाचन क्षेत्रमा आएको २० दिनमा त्रिबेणी भन्सार कार्यालयबाट नेपाल भारत आवत जावत गर्न सवारी अनुमती पत्र प्रदान गर्नका लागी भैरहवा मुल भन्सार कार्यालयमा पहल अगाडी बढाईएको छ ।

arkhala ads

यसैगरी लामो समयदेखी क्षमता अनुसार बिद्युत उत्पादन हुन नसकेको नवलपरासी स्थित गण्डक सुर्यपुरा पावर हाउसलाई उनले क्षमता अनुसार सन्चालनमा ल्याउन नेपाल बिद्युत प्राधिकरणसँग छलफल गरी सोका लागि पहल थालेका छन् । चौधरीले नवलपरासीको ग्रामीण क्षेत्रमा उत्पादन हुदै आएको केराको बजार व्यस्थापनका लागी केरा खेतीमा आधारित उद्योग स्थापनाको काम पनि अघि सारेका छन् ।

यसैगरी यस क्षेत्रमा महिलालाई जिविकोपार्जनसँग जोड्नका लागी महिला सिप बिकास कार्यक्रम अघि बढाउने योजना ल्याईएको छ । चौधरीले बिशेष गरी यस क्षेत्रमा देखिएको युवा जनशक्तीलाई स्वरोजगारको व्यवस्था मिलाउनका लागि पनि विशेष पहल लिएका छन् । सामाजिक काममा समर्पित हुदै आएको सामाजिक सस्था चौधरी फाउण्डेसनले प्रतापपुरमा पोलिटेक्निक स्थापना गरेपछि यहाँका युवाहरुमा उत्साह थपिएको छ । अब युवाहरुले पोलिटेक्निकबाट विभिन्न व्यवसायिक तालिम पाउनेछन् र उनीहरुले स्वदेशमै रोजगारी पाउनेछन् ।

सामान्य आयआर्जनका लागि साहुकारसँग चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अब अन्त्य हुने विश्वास पनि गरिएको छ । यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापमा भारतीय क्षेत्र देखिएका कारण बैंक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने बैंकिङ लगानी तत्काल अगाडी बढाउन चौधरीले बैंक तथा वित्तिय संस्थाहरुमा पहल थालेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुर्व पश्चिम राजमार्ग बुटवल–नारायणगढ सडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तिव्रता लगायतका काममा थालेको पहलले सरोकारवाला निकाय समस्या समाधान गर्न क्रियाशिल भएको पाईन्छ । चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता, प्रतापपुर लगायत क्षेत्रमा देखिएको बाढी तथा डुवानको समस्यालाई भारतसँग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक तरिकाबाट समस्या समाधान गर्नु पहल गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १ मा चुनावी प्रतिष्पर्धामा छन् । मतदाता माझ पुगेका चौधरीलाई मतदाताले नारायणी नदीका कारण हुने बाढी डुवानको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडी बढाएका हुन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved