Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रतिनिधि-प्रदेशसभा निर्वाचनः सियोदेखि मतपेटिकासम्म विदेशबाटै आयात

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक २१, सोमबार ०६:३८ बजे प्रकाशित

काठमाडौं, कात्तिक २१ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् ।

arkhala ads

७२ प्रकारका निर्वाचन सामग्री

आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो । यसैगरी, सियो, लाह छाप भारतबाट ल्याइएको छ । धेरैजसो स्टेसनरीका सामग्री आयोगले भारतबाट खरिद गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनमा छपाइसम्बन्धी ९मतपेटिका स्टिकर र परिचयपत्र०, मतपेटिका, छपाइसम्बन्धी (पोलबुक तथा कार्ड), लाह छाप, सुरक्षण सिल, रबर म्याट, स्वस्तिक छाप (रबर र पित्तल), स्ट्याप्लर मेसिन, स्ट्याप्लर पिन, छेकबार, स्ट्याम्प प्याड र मसी, मार्कर, सिसा कलम, सोसर, प्लास्टिक थैलो र बोरा, फोटोकपी पेपर, स्केल तथा कैंची, जेलपेन (कालो र रातो), मार्कर पेन, पन्चिङ मेसिन, कार्ड होल्डर, सलाई, धागो, ग्लुस्टिक तथा कोरा कपडा, डोरी, सियो, खापसियो, मैनबत्तीलगायतका सामग्री खरिद गरेको छ ।

१ लाख बढी मतपेटिका प्रयोग हुने

मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १ लाखभन्दा बढी मतपेटिका प्रयोग हुने भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि ५५ हजार थान नयाँ मतपेटिका खरिद गरेको छ भने बाँकी पुरानै जगेडा मतपेटिकालाई प्रयोग गर्ने तयारी गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आसन्न निर्वाचनमा १ लाख २० हजार थान मतपेटिकाको प्रयोग हुने जानकारी दिए ।

उनका अनुसार आयोगले निर्वाचनका लागि स्थायी मतदान स्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरेकाले प्रत्येक मतदान केन्द्रमा कम्तीमा चारदेखि बढीमा पाँचवटा मतपेटिका पठाइनेछ । यसैगरी, केही मतपेटिकालाई आयोगले जगेडासमेत राख्नेछ ।

आयोगले निर्वाचनका लागि ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छपाइ गरेर धमाधम ढुवानी गरिरहेको छ । आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कुल १ करोड ९८ लाख ७१ हजार थान प्रदेश सभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान मतपत्र छापिएको छ ।

यसैगरी, प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभाको समानुपातिकतर्फका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ भएको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आयोगले सबै जिल्लामा पठाइसकेको छ ।

निर्वाचनका लागि कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कायम भएका छन् । जसमा पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ जना तथा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ जना कायम छन् । यसैगरी, अन्य मतदाता १ सय ८५ जना छन् ।राजधानी दैनिकमा खबर छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved