Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सेतोपाटी अनलाइनलाई सोधेको पत्र निर्वाचन आयोगबाट फिर्ता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २१ | बिहान ०८:०७ बजे

काठमाडौ, कार्तिक २१ । निर्वाचन आयोगले सेतोपाटी अनलानलाई समाचार हटाउन दिएको निर्देशन फिर्ता लिएको छ । प्रदेश १ को झापा – १ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा बारे लेखिएको समाचार हटाउन आयोगले क्षेत्रधिकार बाहिर गएर दिएको निर्देशनको चर्को आलोचना भएपछि आयोगले आइतबार साँझ बसेको बैंठकले निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

´संचारमाध्यम अनुगमनको काम हाम्रो होइन, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ´आयोगको निर्णयमा भएको कमजोरी आयोगले सच्याएको छ, उक्त निर्णय कार्यान्वयन हुदैन । प्रमुख आयुक्त थपलिया जिल्ला बाहिर रहेको बेला निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त निर्देशन दिएका थिए ।

arkhala ads

स्रोतका अनुसार निर्णय विवादमा परेपछि शनिबार राति नै आयोगका पदाधिकारी र कर्मचारीको बैंठक बसेको थियो । तर, भण्डारी आफ्नो निर्णयबाट पछि नहट्ने अडान लिएका थिए । प्रमुख आयुक्त थपलियाले राजधानी फर्केपछि सार्बजनिक कार्यक्रमबाटै निर्णय सच्याउने बताएका थिए ।

निर्वाचन आयोग पछि हटेलगतै सेतोपाटी अनलाइनलाई प्रेस काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उम्मेदवारलाई नकारात्मक प्रभाव पार्ने समाचार सम्प्रेषण गरेको भन्दै त्यसको कारण २४ घण्टाभित्र पेश गर्न काउन्सिलले सेतोपाटीलाई पत्र पठाएको हो । झापा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा अमेरिकी सेनामा रहेको र उनको नेपाली नागरिकता कायमै रहेको भन्ने समाचारमै काउन्सिलले सेतोपाटीलाई आइतबार पत्र काटेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved