पर्सा, २१ कात्तिक । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा जनलहर बढ्दै गएको छ । सोमवार बिहान वीरगंजको बहुअरीमा गरिएको घरदैलो कार्यक्रममा स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा स्थानीय एकजुट भई अजय द्विवेदीलाई जिताउ अभियानमा लाग्दै एक्यवधता जनाएका हुन ।



वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा गरिएको घरदैलो कार्यक्रममा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई टिका माला लगाई निर्वाचित गराउन अडान लिएका छन । स्वच्छ छबि भएका द्विवेदीको पक्षमा बहुअरीका जनताहरु एक्यवधता जनाउदै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउन अभियानमा लागेको स्थानीयहरुले बताएका छन ।


स्थानीयहरुका भनाई अनुसार सोमवार अजय द्विवेदीको घरदैलो कार्यक्रममा करिब ५ सय भन्दा बढी स्थानीयहरु घरदैलो कार्यक्रममा सहभागि भएका थिए ।








