चितवन, कात्तिक २२ । चितवनको भरतपुर महानगरपालिका–२९ कुशुमटारमा आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।



सोमबार साँझ ७ बजेको समयमा स्थानीय लालबहादुर लामाको कच्ची घरमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, भाडा वर्तन, अन्नपात र घर नै पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


आगलागीबाट करिव ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाई छ । आगो राती करिब ८ बजेको समयमा नियन्त्रणमा लिईएको थियो ।








