Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चितवन २ मा १० हजार युवालाई रोजगारी दिने प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठको घोषणा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २२ | मध्यान्ह ०१:०७ बजे

चितवन, कात्तिक २२ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले चितवन २ मा १० हजार युवालाई रोजगार दिने घोषणा गरेका छन् । चुनाव प्रचारप्रसारमा रहेका श्रेष्ठले घरदैलो गर्ने क्रममा जनतासामु यस्तो बाचा गरेका हुन् ।

उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं रोजगारी सृजना गर्ने बताए । इच्छाकामनाका पहाडहरुमा लघुउद्यम सञ्चालन गरेर यहाँको समग्र आर्थिक विकास र रोजगार सृजना गर्ने उनको प्रतिवद्धता छ । यस्तै महिलाहरुलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने, युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण सिर्जना गर्ने उनको बाचा छ ।

arkhala ads

श्रेष्ठले निर्वाचनमा रुख चिन्हमा मतदान गरी आफूलाई अत्याधिक मतले विजयी गराउन जनताहरु समक्ष अपिल गर्दै घरदैलो गरिरहेका छन् । चुनावपछि लोकतान्त्रिक बामगठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले आफू पुनः मन्त्री बन्ने संभावना रहेको दाबी गरे । मन्त्री भएपछि यो क्षेत्रमा ठूलाठूला योजना भित्र्याउन सहज हुने भन्दै उनले आफूलाई जिताउन अपिल गरेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved